Nepal BBC
Sunday, July 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

खेती अब जीविकाको आधार मात्रै होइनः नरहामा कृषकलाई नयाँ दृष्टिकोण

महेश सिंह by महेश सिंह
२०८२ पुष १८, शुक्रबार १३:३९
खेती अब जीविकाको आधार मात्रै होइनः नरहामा कृषकलाई नयाँ दृष्टिकोण

Loading

महेश सिंह लहान, सिरहा-सिरहाको नरहा गाउँपालिकामा हालै सम्पन्न चारदिने कृषक तालिम केवल खेतीका प्रविधि सिकाउने कार्यक्रम मात्र रहेन, यसले कृषकको सोच, पोषण र बजारसँग जोडिने दृष्टिकोणमा समेत परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
गाउँपालिकाको कृषि तथा पशुपन्छी शाखाको सभाहलमा पुष १३ देखि १६ गतेसम्म सञ्चालन गरिएको तालिममा पालिकाभरिका २७ कृषक समूहका अगुवा कृषक सहभागी थिए। तालिमको केन्द्रमा ‘एकीकृत पोषण बगैंचा’ अवधारणा राखिएको थियो, जसले खेतीलाई उत्पादनभन्दा अघि परिवारको पोषण र दीर्घकालीन आयआर्जनसँग जोड्ने प्रयास गरेको देखिन्छ।
तालिम सहजीकरण गरेकी राष्ट्रिय कृषक समूह महासंघ नेपालकी कृषि तथा बजारीकरण अधिकृत डिनीता साहका अनुसार कृषकलाई सागसब्जी उत्पादनमै सीमित नराखी त्यसको प्रशोधन, बजार पहुँच र मूल्य शृङ्खलासम्म जोड्ने विषयमा जोड दिइएको थियो। “खेती अब केवल पेट भर्ने माध्यम होइन, सही व्यवस्थापन गर्न सके आर्थिक सबलीकरणको आधार बन्न सक्छ,” उनले भनिन्।
तालिममा पालिकाका कृषि विकास अधिकृत जयकुमार यादव, पशु विकास अधिकृत राजु योन्जन र स्वास्थ्य शाखा प्रमुख नन्दकिशोर यादवले माटो परीक्षण, नर्सरी व्यवस्थापन, सोलाराइजेसनमार्फत माटो शुद्धिकरण, जैविक रोग नियन्त्रण र जलवायु मैत्री कृषि अभ्यासबारे सहजीकरण गरेका थिए। जलवायु परिवर्तनका कारण उत्पादनमा देखिँदै आएका जोखिम र त्यसको न्यूनीकरणका उपाय तालिमको अर्को महत्वपूर्ण पाटो थियो।
कार्यक्रमको अन्त्यमा सहभागी कृषकलाई विभिन्न तरकारीका बीउ, नीम तेल र पहेँलो स्टिकी ट्र्याप वितरण गरिएको थियो। आयोजकका अनुसार सामग्री वितरणभन्दा पनि तालिमबाट प्राप्त ज्ञान व्यवहारमा उतारिनु नै मुख्य उपलब्धि हुनेछ।
समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राम प्रमोद यादवले कृषकलाई प्रमाणपत्र वितरण गर्दै तालिमबाट सिकेका कुरालाई व्यवहारमा लागू गर्न सके मात्र खेतीमा वास्तविक सुधार आउने बताए। “खेतीमा परिवर्तन ज्ञानबाट सुरु हुन्छ,” उनले भने।
आयोजक संस्थाका अनुसार यदि कृषकले सिकाइलाई व्यवहारमा उतार्न सके उत्पादन, पोषणस्तर र आयआर्जनमा दीर्घकालीन सुधार देखिने अपेक्षा गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ पुष १८, शुक्रबार १३:३९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ पुष १८, शुक्रबार १३:३९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष १८, शुक्रबार १३:३९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष १८, शुक्रबार १३:३९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष १८, शुक्रबार १३:३९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष १८, शुक्रबार १३:३९
Next Post
बोदेबरसाईन नगरस्तरीय शुक्रबारे अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न

बोदेबरसाईन नगरस्तरीय शुक्रबारे अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न

खडकपुरका ओमप्रकाशले पूर्ण छात्रवृत्तिमा एमबीबीएस नाम निकाले पैसाको चिन्तामा डुबदै

खडकपुरका ओमप्रकाशले पूर्ण छात्रवृत्तिमा एमबीबीएस नाम निकाले पैसाको चिन्तामा डुबदै

एक जन्मदिन,एक जीवनको भविष्य:निजी पहलले पढाइमा राहत

एक जन्मदिन,एक जीवनको भविष्य:निजी पहलले पढाइमा राहत

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८२ पुष १८, शुक्रबार १३:३९
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८२ पुष १८, शुक्रबार १३:३९
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०८२ पुष १८, शुक्रबार १३:३९
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८२ पुष १८, शुक्रबार १३:३९
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८२ पुष १८, शुक्रबार १३:३९
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८२ पुष १८, शुक्रबार १३:३९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.