![]()
महेश सिंह, लहान सिरहा -जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका–२ मा बुधेश्वर यादवको अध्यक्षतामा ११ सदस्यीय वडा इकाई कमिटी गठन गरेको छ।
२०८३ कात्तिक ८ गते आयोजित समायोजन समिति गठन कार्यक्रममा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थितिमा वडा इकाई कमिटी गठन गरिएको हो।
कार्यक्रममा नरहा गाउँपालिका अध्यक्ष बद्री यादवको अध्यक्षता तथा केन्द्रीय सदस्य संजिला यादवको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा नरहा गाउँपालिकाका प्रत्यासी उम्मेदवार एवं मधेस प्रदेश सदस्य विजय कुमार यादव, जिल्ला उपाध्यक्ष राम दयाल यादव, जिल्ला सदस्य रामसरन यादव र किसान महासंघका महासचिव उमेश्वर झा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
त्यसैगरी नरहा गाउँपालिका–२ का वडा अध्यक्ष बिलेक्षन यादव, वडा सदस्य रामकुमार यादवसहित पार्टीका नेता, कार्यकर्ता तथा महिलाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
गठित वडा इकाई कमिटीको उपाध्यक्षमा शत्रुघ्न यादव, सचिवमा विनोद यादव र कोषाध्यक्षमा कलावती देवी यादव चयन हुनुभएको छ। त्यस्तै सदस्यहरूमा हिरामैन शर्मा, तेतरी पासवान, पवन यादव र धियानी महरासहित अन्य सदस्य रहेका छन्। कमिटीमा कुल ११ जना पदाधिकारी तथा सदस्य समेटिएका छन्।
कार्यक्रममा नवगठित कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। पार्टीको संगठनलाई वडा तहसम्म थप सुदृढ बनाउने तथा स्थानीयस्तरमा पार्टीका गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ। कार्यक्रम नवगठित कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई शुभकामना व्यक्त गर्दै सम्पन्न भएको थियो।











Discussion about this post