![]()
महेश सिंह, लहान सिरहा-सिरहाको लहान नगरपालिका–७ मा स्थानीय समाजसेवी विकास कुमार सारडाले नयाँ सुनचाँदी पसल सञ्चालनमा ल्याएका छन्। उनले ‘राधे राधे ज्वेलर्स’ नामक पसलको औपचारिक उद्घाटन गरी व्यवसाय सुरु गरेका हुन्।

पसलको उद्घाटन विकास कुमार सारडाका पिता राजाराम सारडाले रिबन काटेर गरेका थिए। हिन्दू परम्पराअनुसार विधिवत् पूजाअर्चना गरी पसलको शुभारम्भ गरिएको थियो।
उद्घाटन कार्यक्रममा वरिष्ठ समाजसेवी तथा चर्चित दानवीर मुरारी मुरारकासहित विभिन्न क्षेत्रका समाजसेवी, स्थानीय बुद्धिजीवी, शुभेच्छुक तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी महानुभावहरूले प्रसाद ग्रहण गर्दै नयाँ व्यवसायको सफलताको शुभकामना व्यक्त गरेका थिए।

समाजसेवामा समेत सक्रिय रहँदै आएका विकास कुमार सारडाले व्यवसाय विस्तारसँगै ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेका छन्। ग्राहकको विश्वासलाई प्राथमिकतामा राख्दै उचित दररेटमा विभिन्न प्रकारका सुनचाँदीका गरगहना उपलब्ध गराउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
स्थानीय ग्राहकहरूबीच विश्वासिलो व्यक्तिका रूपमा परिचित सारडाले सञ्चालनमा ल्याएको ज्वेलर्समा उद्घाटनकै दिनदेखि गरगहना खरिद तथा अवलोकनका लागि ग्राहकहरूको उल्लेख्य भीड लागेको थियो।
नयाँ व्यवसायको शुभारम्भसँगै लहानमा सुनचाँदी व्यवसायको क्षेत्रमा अर्को व्यावसायिक प्रतिष्ठान थपिएको छ।











Discussion about this post