Nepal BBC
Tuesday, July 21, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

महेश सिंह by महेश सिंह
२०८३ जेष्ठ २१, बिहीबार २२:११
कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

Loading

महेश सिंह लहान सिरहा – संविधानले छुवाछूतलाई अपराध घोषणा गरेको डेढ दशकभन्दा बढी समय बितिसकेको छ। दलित अधिकारका पक्षमा विभिन्न कानुन बनेका छन्, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा दिवसहरू मनाइन्छन्। तर, व्यवहारमा भने दलित समुदाय अझै पनि विभेद, अपमान र बहिष्करणको पीडा भोग्न बाध्य रहेको तथ्य सिरहाको गोलबजारमा आयोजित एक कार्यक्रममा पुनः उजागर भएको छ।

मधेशी दलित समुदायले भोगिरहेका समस्या तथा समाधानमा सरोकारवालाको भूमिकाबारे आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले कानुनी व्यवस्था र व्यवहारिक यथार्थबीच ठूलो खाडल रहेको औँल्याए। उनीहरूले दलित अधिकारका विषयमा राज्य संयन्त्र, राजनीतिक नेतृत्व र स्थानीय सरकारको कमजोर प्रतिबद्धताकै कारण विभेदका घटनाहरू निरन्तर दोहोरिइरहेको बताएका छन्।

कार्यक्रममा बोल्दै मधेश प्रदेशका पूर्व राज्यमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका सचिव सुरेशकुमार मण्डल ले दलित समुदायका मुद्दा चुनावी नारामा मात्र सीमित हुने गरेको आरोप लगाए। चुनावका बेला दलित अधिकारको पक्षमा चर्का भाषण गर्ने नेताहरू सत्ता र पदमा पुगेपछि समुदायका समस्या बिर्सने प्रवृत्ति रहेको उनको भनाइ थियो।

उनले दलितमाथि हुने विभेदका घटनामा प्रहरी प्रशासनको उदासीनता पनि गम्भीर समस्या रहेको बताए। “विभेदका घटना हुँदा पीडितले न्यायको अनुभूति गर्न सकिरहेका छैनन्। घटनालाई सामान्य रूपमा लिने प्रवृत्तिले पीडितको मनोबल झन् कमजोर बनाएको छ,” उनले भने।

मण्डलले धर्म र जातका आधारमा गरिने राजनीतिक अभ्यासले समाजमा विद्यमान असमानतालाई झन् बलियो बनाइरहेको धारणा राखे। सामाजिक न्याय र समानताको विषयलाई प्राथमिकतामा नराखी पहिचान र धर्मका नाममा राजनीति गरिँदा विभेद अन्त्यको अभियान कमजोर बनेको उनको तर्क थियो।

कार्यक्रममा मधेश प्रदेशसभा सदस्य संजिला यादव ले संविधानले सुनिश्चित गरेका अधिकार व्यवहारमा कार्यान्वयन हुन नसकेको बताइन्। उनले दलित समुदाय अझै पनि शिक्षा, रोजगारी, स्वास्थ्य, राजनीतिक सहभागिता तथा सामाजिक सम्मानजस्ता आधारभूत क्षेत्रमा पछाडि पारिएको उल्लेख गरिन्।

“विभेद अन्त्य गर्ने जिम्मेवारी केवल दलित समुदायको मात्र होइन, सम्पूर्ण समाजको हो,” उनले भनिन्, “राज्य, राजनीतिक दल, नागरिक समाज र सञ्चार क्षेत्र सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ।”

अन्तरक्रियामा सहभागी दलित अगुवा तथा स्थानीयवासीहरूले कानुनको प्रभावकारी कार्यान्वयन, पीडितलाई सहज न्याय पहुँच र जनप्रतिनिधिको जवाफदेहिता बढाउनुपर्ने माग गरेका थिए। उनीहरूले जातीय विभेदविरुद्धका कानुनी प्रावधानबारे गाउँ–गाउँमा सचेतना अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औँल्याए।

विष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्यनारायण यादव, कर्जन्हा नगरपालिकाकी उपप्रमुख लक्ष्मीकुमारी श्रेष्ठ, दलित अधिकारकर्मी संजय महरा लगायतले सामाजिक रूपान्तरणका लागि केवल कानुन पर्याप्त नहुने भन्दै व्यवहार परिवर्तनमा जोड दिए।

कार्यक्रममा बारम्बार उठेको साझा निष्कर्ष थियो—दलित अधिकारका विषयमा भाषण र प्रतिबद्धता धेरै भए पनि व्यवहारमा अपेक्षित परिवर्तन आउन सकेको छैन। जबसम्म राज्यका निकाय, राजनीतिक नेतृत्व र समाजका प्रभावशाली वर्गले विभेदविरुद्ध शून्य सहनशीलताको नीति व्यवहारमै लागू गर्दैनन्, तबसम्म समानता र सामाजिक न्यायको लक्ष्य अधुरै रहनेछ।

गोलबजारको यो बहसले फेरि एकपटक प्रश्न उठाएको छ—संविधानले दिएको अधिकार दलित समुदायको जीवनमा कहिले वास्तविक रूपमा अनुभूत हुनेछ?

महेश सिंह

महेश सिंह

Related Posts

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८३ जेष्ठ २१, बिहीबार २२:११
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८३ जेष्ठ २१, बिहीबार २२:११
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८३ जेष्ठ २१, बिहीबार २२:११
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८३ जेष्ठ २१, बिहीबार २२:११
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८३ जेष्ठ २१, बिहीबार २२:११
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०८३ जेष्ठ २१, बिहीबार २२:११
Next Post
वृक्षारोपण, सरसफाइ र दिगो कृषिमार्फत हरित समाज निर्माणको सन्देश

वृक्षारोपण, सरसफाइ र दिगो कृषिमार्फत हरित समाज निर्माणको सन्देश

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

Discussion about this post

ताजा समाचार

मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८३ जेष्ठ २१, बिहीबार २२:११
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८३ जेष्ठ २१, बिहीबार २२:११
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८३ जेष्ठ २१, बिहीबार २२:११
ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

२०८३ जेष्ठ २१, बिहीबार २२:११
सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

२०८३ जेष्ठ २१, बिहीबार २२:११
स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

२०८३ जेष्ठ २१, बिहीबार २२:११

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.