Nepal BBC
Sunday, July 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

धनुषा–२ मा जसपाको शक्ति परीक्षण : प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार सिफारिस

महेश सिंह by महेश सिंह
२०८२ पुष ९, बुधबार ०३:२९
धनुषा–२ मा जसपाको शक्ति परीक्षण : प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार सिफारिस

Loading

महेश सिंह लहान- आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले धनुषा निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ। क्षेत्रीय भेलाबाट प्रत्यक्ष र समानुपातिक दुवै तर्फका सम्भावित उम्मेदवारहरूको नाम जिल्ला समितिमा सिफारिस गरिएको छ।
क्षेत्रीय भेला संयोजक दिपिनदेव यादवको संयोजकत्वमा सम्पन्न बैठकले प्रत्यक्ष तर्फबाट पाँच जना नेताको नाम सिफारिस गरेको छ। प्रत्यक्ष तर्फ सिफारिस हुनेमा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय सदस्य अरुण सिंह मण्डल, धनुषा जिल्ला अध्यक्ष पशुपति यादव, नेता सुशील साह र कमलदेव मण्डल रहेका छन्।
त्यसैगरी समानुपातिक तर्फबाट नौ जना नेताको नाम सिफारिस गरिएको छ। समानुपातिक सूचीमा मो. अब्दुल वारिक शेख, जयनारायण पासवान, कृष्ण कुमार भण्डारी, त्रिलोक महतो (श्रवण कुमार महतो), रामो महरा, समिमा खातुन, पुष्पा यादव, उदय चन्द्र मिश्र र सीता मण्डल रहेका छन्।
पार्टी स्रोतका अनुसार क्षेत्रीय भेलाबाट विभिन्न तह र पृष्ठभूमिका नेताहरूलाई सिफारिस गर्दै समावेशी सन्तुलन कायम गर्ने प्रयास गरिएको छ। यसलाई पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र आगामी चुनावी रणनीतिको संकेतका रूपमा हेरिएको छ।
भेलामा पार्टीका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरू, निर्वाचित जनप्रतिनिधि, भातृ संगठनका पदाधिकारी तथा स्थानीय कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी नेताहरूले संगठन सुदृढीकरण, मतदाता केन्द्रित अभियान र एकताबद्ध रूपमा निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेका थिए।
जिल्ला समितिमा सिफारिस भएका नामहरू अब पार्टीको केन्द्रीय निर्णय प्रक्रियाबाट अन्तिम रूप पाउनेछन्। त्यसपछि मात्रै धनुषा–२ मा जसपा नेपालको आधिकारिक उम्मेदवार टुंगो लाग्नेछ।
राजनीतिक विश्लेषकहरूका अनुसार धनुषा–२ मा विभिन्न तहका प्रभावशाली नेताहरूको नाम सिफारिस हुनु पार्टीको आन्तरिक प्रतिस्पर्धा र निर्वाचनको महत्त्व दुवै संकेत गर्ने विषय हो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ पुष ९, बुधबार ०३:२९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ पुष ९, बुधबार ०३:२९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष ९, बुधबार ०३:२९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष ९, बुधबार ०३:२९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष ९, बुधबार ०३:२९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष ९, बुधबार ०३:२९
Next Post
आगलागीपीडितको घर राज्यले होइन, नागरिक पहलले बनाउँदै, पुर्व मेयर साह द्वारा शिलान्यास

आगलागीपीडितको घर राज्यले होइन, नागरिक पहलले बनाउँदै, पुर्व मेयर साह द्वारा शिलान्यास

दुःखको घडीमा सहानुभूति :आगलागीपीडितका लागि घर निर्माण सुरु पुर्व मेयर मुनी साह द्वारा सिलान्यास

दुःखको घडीमा सहानुभूति :आगलागीपीडितका लागि घर निर्माण सुरु पुर्व मेयर मुनी साह द्वारा सिलान्यास

लहान–३ मा निजी जग्गाको घर भत्काइएपछि विवाद, पूर्वाग्रहको आरोप

लहान–३ मा निजी जग्गाको घर भत्काइएपछि विवाद, पूर्वाग्रहको आरोप

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८२ पुष ९, बुधबार ०३:२९
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८२ पुष ९, बुधबार ०३:२९
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०८२ पुष ९, बुधबार ०३:२९
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८२ पुष ९, बुधबार ०३:२९
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८२ पुष ९, बुधबार ०३:२९
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८२ पुष ९, बुधबार ०३:२९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.