![]()
महेश सिंह सिरहा- संगठन विस्तार र स्थानीय संरचना मजबुत बनाउने रणनीतिमा अघि बढिरहेको उज्यालो नेपाल पार्टी ले सिरहा नगरपालिकामा नयाँ नेतृत्व चयन गरेको छ। केन्द्रीय सदस्य ई. तेजनारायण यादवको अध्यक्षतामा बसेको बैठकले नगरस्तरीय समिति घोषणा गरेको पार्टी स्रोतले जनाएको छ।
नयाँ समीतिको संयोजकमा श्रवण पासवान, सह–संयोजकमा सुमन कामती र सचिवमा सुजित कुमार मण्डल चयन भएका छन्। विविध जातीय–सामुदायिक समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिँदै गरिएको गठनलाई स्थानीय नेतृत्वले ‘संगठन विस्तारको महत्वपूर्ण चरण’ भनेका छन्।
समिति गठनपछि पदाधिकारीहरूले सिरहा नगर क्षेत्रमा पार्टीको राजनीतिक गतिविधि, स्थानीय पहुँच र संगठनात्मक सञ्जाललाई थप गतिशील बनाइने दाबी गरेका छन्। स्थानीय तहमा वैकल्पिक राजनीतिक शक्ति निर्माणमा यसले टेवा पुर्याउने उनीहरूको विश्वास छ।
पार्टीका अनुसार आगामी महाधिवेशनका तयारीदेखि सदस्यता विस्तार, युवा परिचालन र स्थानीय मुद्दामा सक्रिय हस्तक्षेपजस्ता कार्यक्रमलाई प्राथमिकता दिने योजना बनाइएको छ।














Discussion about this post