![]()
महेश सिंह लहान सिरहा- ‘नेपालमा समावेशी तथा शान्तिपूर्ण समुदायका लागि सशक्तीकरण (सशक्त)’ परियोजनाअन्तर्गत दलित महिला केन्द्र नेपाल (CDWN) र KURVE Wustrow को सहकार्यमा सिरहामा सञ्चालित आत्मरक्षा प्रशिक्षण आज चौथो दिन सम्पन्न भएको छ। तालिम श्री जनता माध्यमिक विद्यालय, अयोध्यानगर–७, कसहामा अध्ययनरत किशोरीहरूलाई लक्षित गर्दै आयोजना गरिएको हो।
किशोरीहरूलाई हिंसाबाट जोगिन, जोखिम पहिचान गर्न तथा आत्मरक्षा प्रविधि सिकाउन सुरू गरिएको तालिममा प्रशिक्षक कसम कुमार लामाले शारीरिक–व्यावहारिक दुवै प्रकारका सुरक्षा सीपहरू प्रशिक्षण दिए।
विद्यालयका शिक्षकका अनुसार तालिमपछि विद्यार्थीहरूमा आत्मविश्वास वृद्धि, चनक्कन प्रतिक्रिया दिने क्षमता र साहसिकता उल्लेखनीय रूपमा बढेको देखिएको छ।
परियोजना प्रतिनिधिहरूले भने, “किशोरीहरूलाई सुरक्षित र सक्षम बनाउने दीर्घ लक्ष्यका साथ समुदाय–आधारित विद्यालयमा चरणबद्ध रूपमा तालिम विस्तार हुँदै जानेछ।”
स्थानीय समुदाय, अभिभावक तथा विद्यालय व्यवस्थापनको सक्रिय सहभागिता रहेको कार्यक्रमले किशोरी सशक्तीकरण तथा हिंसा–न्यूनिकरणतर्फ सकारात्मक प्रभाव पारेको आयोजकले जनाएको छ।














Discussion about this post