![]()
महेश सिंह लहान सिरहा- प्रादेशिक अस्पताल सिरहामा सेवा दिँदै आएका चिकित्सक डा. सोनु गोईतलाई ‘निष्ठापूर्वक स्वास्थ्य सेवा प्रदान’ गरेको मूल्यांकन गर्दै अपन क्लिनिक एण्ड डाएग्नोस्टिक सेन्टर सिरहाले सम्मान गरेको छ।
स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा डा. गोईतलाई खादा र अबिर लगाएर सम्मानित गरिएको हो।
सम्मान समारोहका आयोजकहरूको भनाइमा, अस्पतालमा बिरामीको चाप बढ्दो भए पनि डा. गोईतले सेवा गुणस्तर घट्न नदिई निरन्तरता दिएको, विशेषतः आकस्मिक तथा जटिल अवस्थाका बिरामीप्रति उनको सक्रियता र मानवीय व्यवहारका कारण समुदायमा स्वास्थ्यप्रतिको भरोसा बढेको छ।
स्थानीयवासीले समेत कठोर कार्यतालिका र सीमित स्रोतबीच उनले पुर्याइरहेको सेवा–भावनालाई सराहना गर्दै चिकित्सकले देखाएको प्रतिबद्धता सरकारी चिकित्सक प्रणालीको सकारात्मक उदाहरण भएको टिप्पणी गरेका छन्।
अपन क्लिनिकका प्रतिनिधिहरूका अनुसार, “स्वास्थ्य प्रणालीलाई बलियो बनाउन चिकित्सकहरूको व्यक्तिगत निष्ठा ठूलो शक्ति हो, डा. गोईत यही समर्पणका पहिचान हुन्।”आयोजक संस्थाले यस प्रकारका सम्मान कार्यक्रमले समुदाय र स्वास्थ्य सेवा प्रदायकबीच सहकार्य र विश्वास बढाउने विश्वास व्यक्त गरेको छ।














Discussion about this post