![]()
महेश सिंह लहान,सिरहा-“टोलटोलमा नेपाल प्रहरी” भन्ने नारासहित समुदाय–प्रहरी साझेदारी (Community–Police Partnership) सम्बन्धी जनचेतनामूलक कार्यक्रम लहानमा सम्पन्न भएको छ। सुरक्षित तथा शान्तिपूर्ण समाज निर्माणलाई लक्षित गर्दै इलाका प्रहरी कार्यालय लहानले कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रम लहान–१ सिङ्गराही चोकस्थित माईलेशटोलन एकेडेमीमा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई अपराध नियन्त्रण, साइबर सुरक्षा, लागुऔषध दुरुपयोग, विद्यालय सुरक्षा, सामाजिक सद्भाव, सडक सुरक्षा तथा समुदायमा देखिन सक्ने जोखिमपूर्ण व्यवहारबारे विस्तृत जानकारी दिइयो।
विद्यालयका प्रिन्सिपल तराकान्त चौधरी र पाकर चौधरीले कार्यक्रमले विद्यार्थीमा व्यवहारगत परिवर्तन, चेतना र जिम्मेवारीबोध विकास गर्ने विश्वास व्यक्त गरे।
उनका अनुसार, “विद्यालय–प्रहरी समन्वयले बालबालिकामा सुरक्षाबारे जागरुकता बढाउँछ, यस्ता कार्यक्रम निरन्तर आवश्यक छन्,” भन्दै प्रशंसा व्यक्त गरे।
प्रहरी प्रतिनिधिहरूले समुदाय र विद्यालय दुवै पक्ष सक्रिय भएर सहभागिता जनाए मात्र सुरक्षित समाज निर्माण सम्भव हुने बताए। उनीहरूले टोल–टोलमा प्रहरीको पहुँच विस्तार, अभिभावक–विद्यार्थी सचेतना र स्थानीय तहसँगको सहकार्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। इलाका प्रहरी कार्यालयले आगामी दिनहरूमा अझ बढी विद्यालय तथा बस्तीहरूमा यस्ता जनचेतनामूलक कार्यक्रम विस्तार गर्ने जनाएको छ।














Discussion about this post