Nepal BBC
Saturday, May 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

अभिमुखीकरण र सम्मानसहित एलएमसी कलेजमा नयाँ व्याचको प्रवेश

महेश सिंह by महेश सिंह
२०८२ मंसिर ६, शनिबार ०९:०९
अभिमुखीकरण र सम्मानसहित एलएमसी कलेजमा नयाँ व्याचको प्रवेश

Loading

महेश सिंह लहान-एलएमसी कलेज, लहानले नयाँ शैक्षिक सत्र २०८२/०८३ का कक्षा–११ का विद्यार्थीहरूलाई सम्मान तथा अभिमुखीकरणसहित भव्य स्वागत कार्यक्रम सम्पन्न गरेको छ।
मंसिर ५ गते भएको कार्यक्रममा क्याम्पस परिसर उत्साह, उमङ्ग र सांगीतिक माहोलले भरिएको थियो।

कार्यक्रमको उद्घाटन कलेजका अध्यक्ष मोहन प्रसाद साह र राष्ट्रिय परीक्षा बोर्ड (NEB) लहानका प्रमुख प्रवीण कुमार पाण्डेले संयुक्त रूपमा गरे।
पाण्डेले नयाँ विद्यार्थीलाई आत्मविश्वासका साथ अवसरहरूलाई आत्मसात् गर्दै आगामी शैक्षिक यात्रामा दृढताका साथ अघि बढ्न प्रेरणा दिए। उनले कलेजले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षा, अनुशासन र व्यक्तित्व विकास कार्यक्रमको पनि प्रशंसा गरे।

कार्यक्रममा कलेज प्रमुख वीरेन्द्र यादवले एलएमसी कलेजको प्रमुख ध्येय प्रतिस्पर्धा होइन, विद्यार्थीको उज्ज्वल भविष्य निर्माणका लागि समर्पित शिक्षा प्रदान गर्नु रहेको बताए।
उनी भन्छन्, “हामी अरू कलेजसँग होइन, आफ्ना विद्यार्थीको भविष्य कसरी उज्यालो हुन्छ भन्ने प्रतिस्पर्धा गर्छौँ।”

कलेजका संस्थापक अरविन्द कुमार महराले विद्यार्थीले सफल हुन चार आधार चाहिने उल्लेख गरे—
संघर्ष, आत्मनिर्भरता, मेहनत र लगनशीलता।

सोही अवसरमा अर्को संस्थापक विजयकुमार यादवले सामाजिक सञ्जालको दुरुपयोगले विद्यार्थीको भविष्य प्रभावित भइरहेको चिन्ता व्यक्त गर्दै त्यसतर्फ सचेत बन्न आग्रह गरे। अर्का संस्थापक महेश कुशवाहाले विद्यार्थीको सफलता अनुशासनमा निर्भर हुने बताए। उनका अनुसार एलएमसीले अनुशासन, व्यक्तित्व विकास र व्यवहारगत सीपमा विशेष ध्यान दिँदै आएको छ।

कार्यक्रममा वरिष्ठ विद्यार्थीहरूद्वारा प्रस्तुत नृत्य, गीत, लघु नाटकलगायतका सांस्कृतिक प्रस्तुतिले वातावरण झन् आकर्षक बनेको थियो।
वरिष्ठ विद्यार्थीहरूले आफ्ना अनुभव बाँड्दै कलेज जीवन, अध्ययन पद्धति र सह–पाठ्यक्रम गतिविधिमा सक्रिय रहन नयाँ विद्यार्थीलाई प्रेरित गरे।

कलेजका विभागीय प्रमुखहरूले विभिन्न सुविधा, शैक्षिक प्रक्रिया र क्याम्पस संरचनाबारे अभिमुखीकरण पनि प्रस्तुत गरे। कार्यक्रम अन्त्यतिर समूह–तस्बिर तथा जलपानको व्यवस्था गरिएको थियो, जसले नयाँ तथा पुराना विद्यार्थीबीच आत्मीयता र मित्रता बढाउन मद्दत गर्यो।

स्वागत कार्यक्रम अभिभावक, विद्यार्थी तथा कर्मचारीले मनपराएको र यसले नयाँ शैक्षिक सत्रको सफल सुरुआत गरेको कलेज प्रशासनले जनाएको छ।
कार्यक्रम सफल पार्न योगदान पुर्‍याउने सम्पूर्ण टिचिङ तथा नन–टिचिङ स्टाफप्रति कलेजले आभार व्यक्त गरेको प्राध्यापक अर्बिन्द मेहराले जनाए।

महेश सिंह

महेश सिंह

Related Posts

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ मंसिर ६, शनिबार ०९:०९
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ मंसिर ६, शनिबार ०९:०९
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ मंसिर ६, शनिबार ०९:०९
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ मंसिर ६, शनिबार ०९:०९
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ मंसिर ६, शनिबार ०९:०९
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ मंसिर ६, शनिबार ०९:०९
Next Post
सम्पूर्ण दलित एक समाज’ नारासहित नयाँ समिति गठन

सम्पूर्ण दलित एक समाज’ नारासहित नयाँ समिति गठन

सिरहामा क्यान्सर निवारण संस्थाको जिल्ला सभा, रोकथाम र परीक्षणमा जोड

सिरहामा क्यान्सर निवारण संस्थाको जिल्ला सभा, रोकथाम र परीक्षणमा जोड

सिरहामा जसपा नेपालको संगठन विस्तार तथा निर्वाचन अभियानबारे बैठक

सिरहामा जसपा नेपालको संगठन विस्तार तथा निर्वाचन अभियानबारे बैठक

Discussion about this post

ताजा समाचार

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ मंसिर ६, शनिबार ०९:०९
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ मंसिर ६, शनिबार ०९:०९
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ मंसिर ६, शनिबार ०९:०९
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ मंसिर ६, शनिबार ०९:०९
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ मंसिर ६, शनिबार ०९:०९
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ मंसिर ६, शनिबार ०९:०९
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८२ मंसिर ६, शनिबार ०९:०९
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ मंसिर ६, शनिबार ०९:०९
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ मंसिर ६, शनिबार ०९:०९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.