महेश सिंह सिरहा- लहान सुनचाँदी व्यवसायी संघको शनिबार सम्पन्न अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ। अधिवेशनबाट अध्यक्षमा बसन्त साह निर्विरोध निर्वाचित भएका छन्।
संघमा योग्य र सक्षम नेतृत्व चयन भएकोमा व्यवसायीहरु खुसी प्रकट गरेका छन्। नयाँ नेतृत्वसँगै सुनचाँदी व्यवसायीहरूको हित संरक्षण, व्यवसायमा देखिएका समस्या समाधान तथा आधुनिक व्यवसायिक अभ्यासलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
यस अधिवेशनमार्फत जम्मा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ। संघका पदाधिकारीहरुले ऐक्यबद्धतापूर्वक संगठनलाई थप सबल बनाउने संकल्प व्यक्त गरेका छन्।
Discussion about this post