महेश सिंह सिरहा- संविधान दिवसको अवसर पारेर लहान–१२ स्थित श्री माध्यमिक विद्यालय पडरियाले सोमबार विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयका प्रधानाध्यापक मनोजकुमार यादवका अनुसार कार्यक्रममा विद्यार्थीहरूले संवैधानिक अधिकार र कर्तव्यबारे जानकारी आदान–प्रदान गरेका थिए। केही विद्यार्थीलाई थाहा भएका संवैधानिक विषयवस्तु प्रस्तुत गर्न लगाइएको थियो भने नथाहा भएका बुँदाबारे शिक्षकहरूले थप जानकारी गराएका थिए।
विद्यालय प्रशासनले कार्यक्रममा सहजीकरण गर्ने सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई धन्यवाद ज्ञापन गरेको छ। प्रधानाध्यापक यादवले विद्यार्थीलाई आत्मनिर्भर बनाउने र उनीहरूमा संवेगात्मक निखार ल्याउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताए।
Discussion about this post