महेश सिंह लहान सिरहा –राष्ट्रिय पासवान समाजको मधेश प्रदेश अध्यक्षमा लहान–१० का नथुनी पासवान निर्वाचित भएका छन्। शनिबार सम्पन्न प्रदेशस्तरीय अधिवेशनबाट उनलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको हो।
पासवान समुदायभित्र दलित र अन्य पिछडिएका समुदायको हक–अधिकार, जातीय उत्थान र सामाजिक न्यायको पक्षमा सधैं सक्रिय रहेका छन्। विगतदेखि सोशान र दमनमा परेका समुदायको आवाज उठाउँदै आएका उनी अब प्रदेशस्तरीय नेतृत्वमा रहेका छन्।
समाजका कार्यकर्ताहरूले उनको नेतृत्वमा संगठन अझ सशक्त हुने विश्वास व्यक्त गरेका छन्। राम्रो नेतृत्वको प्रत्याभूति पाउँदा पासवान समुदायमा खुशीको वातावरण छाएको स्थानीय नेताहरूले बताएका छन्।
Discussion about this post