महेश सिंह लहान- यंग कम्युनिस्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ। सम्मेलनले पुष्पा ओलीलाई अध्यक्षमा निर्वाचित गरेको छ।
अध्यक्ष ओलीसँगै उपाध्यक्षहरू, महासचिवमा गणेश शाही, उपमहासचिवहरू, सचिवहरू तथा कोषाध्यक्षसहित अन्य पदाधिकारी पनि चयन भएका छन्।
सिरहा जिल्लाबाट भने दुई जना मात्रै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। ती हुन्—क. मनोज कुमार पासमान र क. कविता खपाडी।
नयाँ समिति चयन भएपछि उनीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
Discussion about this post