![]()
महेश सिंह लहान, वाडा २० — सामाजिक उत्तरदायित्व अन्तर्गत लहान सिटी जेसिजले यही शनिबार लहान नगरपालिका–२० मा निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। विशेषगरी वृद्ध, अपाङ्ग, अशक्त, गरिब, दलित तथा सीमान्तकृत समुदायलाई लक्षित गरी शिविर सञ्चालन गरिने जेसिजका पूर्वअध्यक्ष बसन्त साहले जानकारी दिए।
उनका अनुसार सन् २०२० का अध्यक्ष रहेका साहले जेसिजको सामाजिक दायित्वबोधअन्तर्गत यस्तो शिविरको आयोजना गरिएको बताउँदै अहिलेका अध्यक्ष देबन लाल ठाकुरको विशेष पहलमा कार्यक्रम अघि बढाइएको जनाएका छन्।
शिविरबाट सयौँ स्थानीयले प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको छ। आयोजकका अनुसार शिविरमा अनुभवी र प्रतिष्ठित चिकित्सकहरूबाट सेवा प्रदान गरिनेछ।
स्वास्थ्य सेवा पहुँचबाट वञ्चित वर्गका लागि लक्षित यो शिविरले स्थानीयस्तरमै प्रभावकारी स्वास्थ्य सुविधा दिने उद्देश्य लिएको जनाइएको छ। शनिबार हुने शिविर बिहानदेखि नै सञ्चालनमा आउने र स्वास्थ्य परीक्षण तथा परामर्श सेवासहित आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिने छ।














Discussion about this post