![]()
महेश सिंह लहान – २०औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा कैलाली जिल्लाको विभिन्न स्थानहरूमा आज सडक नाटक सम्पन्न गरिएको छ।
“नेपालमा शान्तिपूर्ण र समावेशी समुदायका लागि सशक्तिकरण परियोजना” अन्तर्गत आयोजित यस कार्यक्रमले सामाजिक भेदभाव विरुद्ध जनचेतना जगाउने उद्देश्य राखेको छ। सडक नाटकमार्फत जातीय छुवाछुत, भेदभाव र सामाजिक एकताको महत्वबारे स्थानीय जनतालाई सन्देश दिइएको थियो।
कार्यक्रम गोलबजार नगरपालिकामा सुरु भई धनगढीमाई नगरपालिका र अर्नमा गाउँपालिकासम्म सञ्चालन गरिएको थियो। सडक नाटक हेर्न स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको आयोजना CDWN (Collective Campaign for Dalit Women Nepal) ले गरेको हो भने KURVE Wustrow को सहकार्य रहेको थियो।
नाटकमा विशेष गरी दलित समुदायका अधिकार, समानता, सामाजिक समावेशिता, तथा कानुनी व्यवस्था सम्बन्धी विषयवस्तुहरू समेटिएका थिए। सहभागीहरूले कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्। यस किसिमका कार्यक्रमले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास आयोजकहरूको रहेको रिता रजकले जानकारी दिनु भयो ।














Discussion about this post