![]()
मध्यपूर्वी तालिम शिक्षालयमा विद्यार्थीको उत्साहजनक सहभागि
महेश सिंह लहान – नेपाली सेनाको राष्ट्रिय सेवा दल, मध्यपूर्वी तालिम शिक्षालय सिन्धुलीमार्फत सोमबार आयोजित अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सेवा दल तालिममा सहभागी हुन इच्छुक विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
विद्यार्थीहरूमा तालिमप्रतिको चासो र उत्सुकता उच्च देखिएको प्रमुख सेनानी नेत्र नारायण तिवारीले जानकारी दिए। उनका अनुसार यो अभिमुखिकरण कार्यक्रमले राष्ट्रिय सेवा दलसम्बन्धी आवश्यक जानकारी दिनुका साथै अनुशासन, नेतृत्व विकास र राष्ट्रसेवाप्रतिको भावना अभिवृद्धिमा मद्दत पु¥याउने उद्देश्य राखिएको थियो।
सो अवसरमा शिक्षालयका प्रशिक्षकद्वारा तालिमको उद्देश्य, अभ्यासक्रम र भौतिक तयारीबारे जानकारी दिइएको थियो। सहभागी विद्यार्थीहरूले यस्ता कार्यक्रमले आफूहरूलाई राष्ट्रसेवामा लाग्न थप प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन्।














Discussion about this post