![]()
महेश सिंह लहान – सप्तरीको चन्द्रनगर गाउँपालिका–२, बबरगञ्जमा कुशवाहा धर्मशालाको शिलान्यास गरिएको छ। जेठ १९ गते सम्पन्न कार्यक्रममा धर्मशालाको निर्माणका लागि एक कठ्ठा जग्गा निःशुल्क प्रदान गरिएको हो।
शिलान्यास कार्यक्रम नेपाल कुशवाहा कल्याण समाजको आयोजनामा सम्पन्न भएको थियो। समाजलाई जग्गा प्रदान गर्ने कार्यमा रामनारायण महतोको महत्वपूर्ण योगदान रहेको आयोजकले बताएका छन्। महतोले निःशुल्क रुपमा उक्त जग्गा समाजलाई हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा स्थानीय अगुवा तथा समाजसेवीको उपस्थिति रहेको थियो। समाजले जग्गा दानदाता रामनारायण महतो र धर्मशाला निर्माणमा योगदान पुर्याउने सबैप्रति आभार प्रकट गरेको छ।














Discussion about this post