![]()
महेश सिंह लहान – कर्जन्हा नगरपालिका अन्तर्गत रहेको ने.रा. फु माध्यमिक विद्यालयमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्थानीय जनताको स्वास्थ्य प्रवर्धन र विद्यार्थीहरूको स्वास्थ्य परीक्षणका लागि आयोजित उक्त शिविरमा सयौं स्थानीय बासिन्दा, विद्यालयका विद्यार्थी तथा जनप्रतिनिधिहरूले सेवा लिएका छन्।
शिविरमा विद्यार्थीहरूको सामान्य स्वास्थ्य परीक्षण, आँखाको जाँच, दन्त परीक्षण लगायतका सेवा प्रदान गरिएको थियो। कर्जन्हा नगरपालिकाका उप–प्रमुख लक्ष्मी श्रेष्ठका अनुसार शिविर अत्यन्तै सफल र प्रभावकारी रूपमा सम्पन्न भएको छ।
“स्थानीय जनताको सक्रिय सहभागिता र सकारात्मक प्रतिक्रिया पाउँदा हामी उत्साहित भएका छौं,” उप–प्रमुख श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार आगामी दिनमा यस्ता स्वास्थ्य शिविरहरू अन्य विद्यालय तथा वडामा पनि विस्तार गरिनेछ।
शिविरले ग्रामीण क्षेत्रमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने र स्वास्थ्य सेवा पहुँचमा सुधार ल्याउने लक्ष्य राखेको आयोजकले बताएका छन्।














Discussion about this post