![]()
महेश महेश सिराहा – कर्जनहा नगरपालिका अन्तर्गत जनसेवा माध्यमिक विद्यालयका सयौं विद्यार्थीलाई लक्षित गरी मधेस प्रदेश सरकार अन्तर्गत शिक्षा विकास तथा समन्वय इकाइको पहलमा १५ दिने आत्मरक्षा तालीम सुरु गरिएको छ।
विद्यालय परिसरमा आयोजित एक विशेष समारोहका बीच नगर प्रमुख भोला पोखरेल र नगर उपप्रमुख लक्ष्मी श्रेष्ठले तालीम कार्यक्रमको संयुक्त रूपमा उद्घाटन गरे। उद्घाटन कार्यक्रममा विद्यालय प्रशासन, स्थानीय अभिभावक, शिक्षक तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
आत्मरक्षा तालीममार्फत विद्यार्थीहरूलाई विपद्, उत्पीडन तथा हिंसाका अवस्थाहरूमा आफूलाई सुरक्षित राख्न आवश्यक सीप, आत्मबल र सजगता विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
तालीम प्रशिक्षित आत्मरक्षा प्रशिक्षकहरूद्वारा संचालन गरिनेछ भने बालबालिकाको उमेर, क्षमता र आवश्यकतालाई ध्यानमा राखी अभ्यासमूलक पद्धतिमा सिकाइ हुनेछ। आयोजक समितिका अनुसार तालीम पश्चात विद्यार्थीहरूको मनोबल र आत्मविश्वासमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ।
विद्यालयका प्रधानाध्यापकले आत्मरक्षा तालीमले विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउँदै शिक्षासँगै व्यवहारिक जीवन सीप सिक्न मद्दत गर्ने बताए।














Discussion about this post