![]()
महेश सिंह लहान, सिरहा – जे.एस. मुरारका बहुमुखी क्याम्पस, लहानमा होली मिलन समारोह २०८१ भव्य रूपमा सम्पन्न भएको छ। क्याम्पस स्ववियु सभापति राम कृष्ण यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि क्याम्पस विकास समितिका अध्यक्ष तथा लहान नगर प्रमुख महेश प्रसाद चौधरी रहेका थिए।
समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले “रङ जस्तै सबैको जीवनमा सकारात्मक परिवर्तन आओस्, समृद्धि र उन्नतिको मार्ग प्रशस्त होस्” भनी सम्पूर्ण शिक्षक, विद्यार्थी तथा उपस्थित जनसमुदायलाई शुभकामना व्यक्त गरे।

कार्यक्रममा क्याम्पस प्रमुख संजय कुमार चौधरी, सहायक क्याम्पस प्रमुख सजन कुमार साह, जे.एस. कलेज प्रमुख सुमन साह लगायत सयौं प्राध्यापक, कर्मचारी तथा हजारौं विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
होली मिलन समारोहमा विभिन्न साँस्कृतिक प्रस्तुति, नृत्य, संगीत तथा रंगीन उल्लासले भरिएको कार्यक्रम सञ्चालन गरिएको थियो। सहभागीहरूले आपसी सद्भाव, भाइचारा र एकताको सन्देश फैलाउँदै होली पर्वको उल्लासमय वातावरणमा रमाएका थिए।

आयोजक समितिले कार्यक्रमको सफलतामा साथ दिने सबैलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्ता उत्सवहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।














Discussion about this post