![]()
महेश सिंह लहान – सिरहाको लहानमा आयोजित उपमेयर कप दोस्रो डे-नाइट क्रिकेट प्रतियोगिता को फाइनल खेलमा लहान ३ ले लहान ८ (ब्लु) लाई ७ विकेटले पराजित गर्दै उपाधि जित्न सफल भएको छ।
टस जितेर पहिला ब्याटिङ गरेको लहान ८ (ब्लु) ले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। लहान ३ ले उत्कृष्ट प्रदर्शन गर्दै ११४ रनको लक्ष्य मात्र ७ विकेटको जितका साथ पूरा गर्यो।

समापन समारोहमा मधेस प्रदेश सरकारका स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंह प्रमुख अतिथि का रूपमा उपस्थित थिए। उनले खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने माध्यम भन्दै युवाहरूलाई कुलतबाट जोगाउन खेल महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे। खेलकुद क्षेत्रको प्रवर्द्धनमा यस्ता प्रतियोगिताहरू महत्त्वपूर्ण हुने हुँदा आगामी दिनहरूमा अझ स्तरीय तथा रोमाञ्चक प्रतियोगिताको सयौं युवा खेलाडीहरुले अपेक्षा गरिएको छ।














Discussion about this post