Nepal BBC
Sunday, November 16, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

पत्रकार बिनोद मण्डले बनाए,चन्द्रघण्टा देवी मन्दिर

महेश सिंह by महेश सिंह
२०८१ फाल्गुन १, बिहीबार ०९:३६
पत्रकार बिनोद मण्डले बनाए,चन्द्रघण्टा देवी मन्दिर

Loading


महेश सिंह, लहान – धनगढीमाई नगरपालिका–१३ परेवाभिरमा निर्माणाधीन चन्द्रघण्टा देवी मन्दिर अन्तिम चरणमा पुगेको छ। स्थानीय पत्रकार तथा समाजसेवी बिनोद मण्डल को अगुवाइमा निर्माण भइरहेको मन्दिरको छत ढलान कार्य माघ ३० गते सम्पन्न भइसकेको छ। अब रंगरोगन तथा अन्य अन्तिम संरचनात्मक कामहरू अघि बढ्ने स्थानीय बासिन्दाले बताएका छन्।


धार्मिक आस्था र सामाजिक एकताको प्रतीकका रूपमा विकास भइरहेको यो मन्दिर महाशिवरात्रि लगायत हिन्दू पर्वहरूमा श्रद्धालुहरूको प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको छ। स्थानीय समुदायको स्वेच्छिक श्रमदान र आर्थिक सहयोगमा मन्दिर निर्माण भइरहेको छ।
नेपाल पत्रकार महासंघका सदस्यसमेत रहेका मण्डलले धार्मिक आस्था र सामाजिक सेवाको संयोजन गर्दै समुदायलाई एकत्रित गर्ने प्रयास गरेका छन्।
“मन्दिर केवल पूजाआजाको स्थल मात्र होइन, यो सामाजिक एकताको प्रतीक हो,” मण्डलले भने, “स्थानीयको सहयोगबिना यो सम्भव थिएन। हाम्रो प्रयास अब पूर्णता नजिक पुगेको छ।”


सरकारी सहयोग अपेक्षाकृत रूपमा नपुगेपछि स्थानीय समुदाय नै मन्दिर निर्माणको मुख्य अभिभावक बनेका छन्। निर्माण सम्पन्न भएपछि यो मन्दिर क्षेत्रकै धार्मिक तथा पर्यटकीय केन्द्र बन्ने विश्वास गरिएको छ।
मन्दिर निर्माणपछि यहाँ नियमित पूजाआजा, धार्मिक अनुष्ठान र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिने योजना छ। स्थानीय समाजसेवी प्रेमनाथ यादव का अनुसार, “धार्मिक स्थल मात्र नभई यसको वरिपरि पूर्वाधार विकास गरेमा यो क्षेत्र धार्मिक पर्यटनको महत्त्वपूर्ण गन्तव्य बन्न सक्छ।”
स्थानीयहरूको उल्लेखनीय योगदानमा कतिपयले आर्थिक सहयोग गरेका छन् भने कतिको श्रमदान प्रमुख रहेको छ। निर्माण समितिका अनुसार, बाँकी कार्यहरू छिट्टै सम्पन्न गरी विशेष धार्मिक समारोहका साथ मन्दिरको उद्घाटन गरिनेछ।
पत्रकार मण्डल यसअघि पनि सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका छन्। विशेषगरी विपन्न, गरिब तथा असहाय वर्गका लागि उनी निरन्तर काम गरिरहेका छन्।

स्थानीय समाजसेवी सुनील साह भन्छन्, “सरकारले गर्न नसकेको काम समाजका सचेत नागरिकहरूले गर्न सक्छन् भन्ने उदाहरण यो मन्दिर निर्माण हो। बिनोद मण्डलजस्ता व्यक्तित्वको योगदानले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास छ।”
छत ढलान सम्पन्न भएसँगै अब मन्दिर उद्घाटनका लागि विशेष धार्मिक समारोहको तयारी भइरहेको छ। उद्घाटन कार्यक्रममा स्थानीय तथा बाहिरी क्षेत्रका धार्मिक गुरु, समाजसेवी, जनप्रतिनिधि र भक्तजनहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
मन्दिर निर्माणले स्थानीय समुदायमा धार्मिक उत्साह मात्र होइन, सामाजिक सहकार्यको भावना पनि बलियो बनाएको छ। स्थानीय बासिन्दा रामविलास यादव भन्छन्, “यसले हाम्रो समुदायलाई एकताबद्ध गरिरहेको छ। अब हामी मन्दिर उद्घाटन समारोहको प्रतीक्षामा छौँ।”
मन्दिर निर्माण कार्य सम्पन्न भएपछि यसले धार्मिक पर्यटन प्रवर्द्धन, स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव र धार्मिक आस्थाको पुनरुत्थानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२०८१ फाल्गुन १, बिहीबार ०९:३६
२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२०८१ फाल्गुन १, बिहीबार ०९:३६
कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०८१ फाल्गुन १, बिहीबार ०९:३६
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

२०८१ फाल्गुन १, बिहीबार ०९:३६
स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

२०८१ फाल्गुन १, बिहीबार ०९:३६
पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

२०८१ फाल्गुन १, बिहीबार ०९:३६
Next Post
जनता समाजवादी पार्टी (जसपा) नेपालको पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न

जनता समाजवादी पार्टी (जसपा) नेपालको पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न

लहानमा वन कार्यालय र स्थानीय तहबीच समन्वय गोष्ठी

लहानमा वन कार्यालय र स्थानीय तहबीच समन्वय गोष्ठी

बाल विवाह रोकथामका लागि गोलबजारमा अन्तरक्रिया, स्थानीय तह र समुदायको सहकार्य आवश्यक

बाल विवाह रोकथामका लागि गोलबजारमा अन्तरक्रिया, स्थानीय तह र समुदायको सहकार्य आवश्यक

Discussion about this post

ताजा समाचार

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२०८१ फाल्गुन १, बिहीबार ०९:३६
२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२०८१ फाल्गुन १, बिहीबार ०९:३६
कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०८१ फाल्गुन १, बिहीबार ०९:३६
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

२०८१ फाल्गुन १, बिहीबार ०९:३६
स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

२०८१ फाल्गुन १, बिहीबार ०९:३६
पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

२०८१ फाल्गुन १, बिहीबार ०९:३६
स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

२०८१ फाल्गुन १, बिहीबार ०९:३६
लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

२०८१ फाल्गुन १, बिहीबार ०९:३६
बर्छवा – विद्यालय स्तरीय हाजिरी–जवाफ प्रतियोगिता  सफलतापूर्वक सम्पन्न

बर्छवा – विद्यालय स्तरीय हाजिरी–जवाफ प्रतियोगिता  सफलतापूर्वक सम्पन्न

२०८१ फाल्गुन १, बिहीबार ०९:३६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

 

Loading Comments...