अन्जना चाैहान मंसिर २५ – सभ्य समाजकाे पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियानको मुल नाराका साथ ३१ अौं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रम सियारी गाउपालिका रुपन्देहीको आयोजनामा सम्पन्न भएको छ।
सियारी गाउपालिकाका उपाध्यक्ष तारा थारु को अध्यक्षतामा र सियारी गाउपालिका अध्यक्ष थानेश्वोर घिमिरे को प्रमुख अतिथ्यातामा भएको समापन कार्यक्रममा ब्यानर बाचन गरि उद्घाटन गर्दै समाजबाट लैंगिक हिंसा उन्मूलन गर्न पुरुष र महिला दुवैको उत्तिकै सक्रियता आवश्यक पर्दछ भन्ने मान्यतालाई आत्मसाथ गर्दै र गराउँदै अगाडि बढ्न सके मात्र सभ्य समाज निर्माण गर्ने महायात्राको गन्तव्यमा पुगिने मा जोड दिदै लैङ्गिक हिंसा पुरुषले महिला लाई मात्र नभइ महिला बाटै महिलामा भएको समाजमा देखिन पाइएको छ।
पुरुष भनेको एउटा रथका दुई पाङ्गा ठीक भएमा मात्र रथ राम्रोसँग गुड्न सक्दछ भनेझैं समाजमा महिला र पुरुष दुवै पक्षले सहभागिता र विकासले मात्र समाजलाई गति दिन सक्दछ । त्यस्तै घर, समाज र राष्ट्रको पूरा विकास हुनका लागि आधा भाग ओगट्ने,समाजमा पछि परेका कमजोर महिलावर्गको पनि सहभागिता र विकास हुनु त्यत्तिकै जरुरी हुन्छ ।
विकास भनेको मानिसहरूको आर्थिक सम्पन्नता, सामाजिक प्रतिष्ठाको वृद्धि गराउनु वा उनीहरूको जीवनलाई गुणस्तरीय बनाउनु हो । सामाजिक विकासका लागि पुरुषहरूको विकास सँगसँगै महिलाहरूको पनि समान विकास हुनु जरुरी छ भन्नेमा जोड दिनु भएको थियो।
यसै गरि कार्यक्रम मा सियारी गा पा का उपाध्यक्ष तारा थारु बोल्दै ” कुनै पनि परिवारका उन्नतिका लागि नारी र पुरुषको समान सहभागिता आवश्यक छ । वास्तवमा नारी र पुरुष दुवै समान छन् । देशको सर्वाङ्गीण विकासका लागि महिला र पुरुषको समान भूमिका हुन्छ ।
वेद, उपनिषद र पुराणहरूमा पनि नारी महिमाको वर्णन गरिएको छ । लिङ्गको आधारमा पुरुष र महिला छुट्टिन्छ । यो अपरिवर्तनीय छ । कामको आधारमा पुरुष र महिलाबीचको भेदभाव समाजले गरेको हुन्छ ।
यसलाई परिवर्तन गर्न सकिन्छ । मानिस स्वयंले बनाएको भेदभावलाई हटाउन आवश्यक छ भन्ने कुरा मा जोड दिनु भएको थियो साथै यस बर्ष गा पा ले प्रत्यक वार्ड वार्ड मा कार्यक्रम गरेको र अर्को बर्ष टोल टोल मा गर्ने भनी जानकारी गराउनु भएको थियो ।यसै गरि कार्यक्रम का प्रशिक्षक सृजना सुवेदी रहनु भएको थियो भने सियारी गाउँ पालिका को महिला बिकाश शाखा का निरिक्षक शान्ता पौडेल को संचालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
Discussion about this post