Nepal BBC
Wednesday, July 22, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान–१८ को अवैध क्रसरबारे संयुक्त दलित संघर्ष समितिको ध्यानाकर्षण, सीडीओद्वारा बन्दन गर्न निर्देशन

महेश सिंह by महेश सिंह
२०८२ माघ ५, सोमबार ०६:१५
लहान–१८ को अवैध क्रसरबारे संयुक्त दलित संघर्ष समितिको ध्यानाकर्षण, सीडीओद्वारा बन्दन गर्न निर्देशन

Loading

महेश सिंह सिरहा लहान –लहान नगरपालिका–१८ मा विगतदेखि सञ्चालनमा रहेको अवैध क्रसर उद्योगका कारण स्थानीय बासिन्दाको जनजीवन प्रभावित भएको भन्दै संयुक्त दलित संघर्ष समिति, लहान सिरहाले जिल्ला प्रशासन कार्यालय सिरहामा ध्यानाकर्षण पत्र बुझाएको छ। दलित समुदायसहित स्थानीय बासिन्दाको उल्लेख्य उपस्थितिमा समितिका उपाध्यक्ष मोहन रामलगायतको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश आर्याललाई ज्ञापनपत्र बुझाइएको हो।
ज्ञापनपत्रमा क्रसर उद्योगले आधारभूत विद्यालयको पठनपाठनमा गम्भीर असर पुर्‍याएको, २४ सै घण्टा क्रसर र टिपर सञ्चालन हुँदा धुलो, ध्वनि प्रदूषण र सडक सुरक्षामा जोखिम बढेको उल्लेख छ। यस विषयमा यसअघि नै सम्बन्धित निकायमा उजुरी दिँदा पनि कुनै ठोस पहल नभएको समितिको भनाइ छ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी आर्यालले क्रसर उद्योग कानुनअनुसार दर्ता र सञ्चालनमा छ कि छैन भन्ने विषयमा छिट्टै अनुसन्धान प्रक्रिया अगाडि बढाइने बताएका छन्। “कानुनसम्मत रूपमा सञ्चालन भइरहेको छ भने चल्न पाउँछ, यदि कानुनविपरीत भेटिए बन्द गरेर कानुनी प्रक्रिया अघि बढाइन्छ,” उनले संघर्ष समितिलाई आश्वासन दिए।
संयुक्त दलित संघर्ष समितिका अनुसार क्रसर उद्योग सञ्चालकबाट स्थानीय बासिन्दामाथि धम्की र त्रास देखाउने काम भइरहेको छ। समितिले इलाका प्रहरी कार्यालय लहानका डीएसपीलाई पटक–पटक जानकारी गराउँदा पनि प्रहरी नपठाइएको गुनासो गरेको छ।
छलफलका क्रममा समितिले यदि अवैध क्रसर उद्योग बन्द नगरे कडा र सशक्त आन्दोलन थालिने चेतावनी दिएको छ। साथै प्रहरी प्रशासनले हटाउन नसके आफूहरू बाध्य भएर आन्दोलनमार्फत क्रसर हटाउने अवस्था आउन सक्ने भन्दै त्यसबाट उत्पन्न हुने कुनै पनि क्षतिको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने स्पष्ट पारेको छ।
संयुक्त दलित संघर्ष समितिले राज्य संयन्त्रले स्थानीय जनताको जीवन, स्वास्थ्य र बालबालिकाको शिक्षालाई गम्भीर रूपमा नलिए आन्दोलनलाई चरणबद्ध रूपमा विस्तार गर्ने जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ माघ ५, सोमबार ०६:१५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ माघ ५, सोमबार ०६:१५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ माघ ५, सोमबार ०६:१५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ माघ ५, सोमबार ०६:१५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ माघ ५, सोमबार ०६:१५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ माघ ५, सोमबार ०६:१५
Next Post
मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

जसपा नेपाल नेतृत्वद्वारा लहानमा मधेस बलिदानी दिवस मनाइयो

जसपा नेपाल नेतृत्वद्वारा लहानमा मधेस बलिदानी दिवस मनाइयो

लहानमा सहिद मेला जसपा,जनमत,रास्वपा राजनीति दल सहभागी

लहानमा सहिद मेला जसपा,जनमत,रास्वपा राजनीति दल सहभागी

Discussion about this post

ताजा समाचार

मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८२ माघ ५, सोमबार ०६:१५
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८२ माघ ५, सोमबार ०६:१५
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८२ माघ ५, सोमबार ०६:१५
ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

२०८२ माघ ५, सोमबार ०६:१५
सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

२०८२ माघ ५, सोमबार ०६:१५
स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

२०८२ माघ ५, सोमबार ०६:१५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.