Nepal BBC
Sunday, May 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा राष्ट्रसेवक बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

महेश सिंह by महेश सिंह
२०८२ पुष ३०, बुधबार ११:०४
लहानमा राष्ट्रसेवक बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

Loading

महेश सिंह लहान सिरहा – सिरहाको लहान नगरपालिका–१५ स्थित हात्तीदहमा राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लहानको वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। “एकको लागि सबै र सबैका लागि एक” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम पुष २७ गते आइतबार सम्पन्न भएको हो।
संस्थाका अध्यक्ष रञ्जित कुमार यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) सिरहाका जिल्ला अध्यक्ष अशोक यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा विभिन्न संघ–संस्थामा आबद्ध कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ।
लहान नगरपालिका–८ मा रहेको उक्त सहकारीमा हाल २५६ जना शेयर सदस्य आबद्ध छन् भने सहकारीको चालु पूँजी ६५ लाख रुपैयाँ रहेको छ। सहकारीले बिना धितो ऋण लगानी गर्दै आएको र कर्मचारी सञ्चय कोषभन्दा कम, करिब ६६ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्दै आएको अध्यक्ष यादवले जानकारी दिनुभयो।
२०६७ सालमा स्थापना भएको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हाल देशका ६८ जिल्लामा शाखा विस्तार गरिसकेको र ६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएको पनि उहाँले बताउनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अशोक यादवले देशलाई आर्थिक रूपमा समृद्ध बनाउने हो भने हरेक नागरिकलाई सहकारीसँग जोड्नु आवश्यक रहेको बताउनुभयो। पैसा कमाउनु मात्र ठूलो कुरा नभई बचत गर्ने बानीको विकास हरेक व्यक्तिमा हुनुपर्ने उल्लेख गर्दै उहाँले बचत संस्कृतिले नै देशको आर्थिक विकास र समृद्धिमा टेवा पुग्ने धारणा राख्नुभयो।
कार्यक्रम राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. लहान, सिरहा तथा नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्य समिति सिरहाको आयोजनामा सम्पन्न भएको हो।

महेश सिंह

महेश सिंह

Related Posts

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ पुष ३०, बुधबार ११:०४
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ पुष ३०, बुधबार ११:०४
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ पुष ३०, बुधबार ११:०४
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ पुष ३०, बुधबार ११:०४
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ पुष ३०, बुधबार ११:०४
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ पुष ३०, बुधबार ११:०४
Next Post
भगवानपुर गाउँपालिकामा जलवायु अनुकूल कृषि तालिम सम्पन्न, ३१ कृषक समूहका अगुवा सहभागी

भगवानपुर गाउँपालिकामा जलवायु अनुकूल कृषि तालिम सम्पन्न, ३१ कृषक समूहका अगुवा सहभागी

बसवलपुरमा १४ औँ माघी महोत्सव भव्य रूपमा सम्पन्न

बसवलपुरमा १४ औँ माघी महोत्सव भव्य रूपमा सम्पन्न

लहानमा साना किसान कृषि सहकारीको २१औँ वार्षिक साधारणसभा सम्पन्न

लहानमा साना किसान कृषि सहकारीको २१औँ वार्षिक साधारणसभा सम्पन्न

Discussion about this post

ताजा समाचार

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ पुष ३०, बुधबार ११:०४
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ पुष ३०, बुधबार ११:०४
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ पुष ३०, बुधबार ११:०४
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ पुष ३०, बुधबार ११:०४
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ पुष ३०, बुधबार ११:०४
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ पुष ३०, बुधबार ११:०४
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८२ पुष ३०, बुधबार ११:०४
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ पुष ३०, बुधबार ११:०४
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ पुष ३०, बुधबार ११:०४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.