![]()
महेश सिंह लहान सिरहा – सिरहाको लहान नगरपालिका वडा नम्बर २२ मा सुगर, पेसर तथा मुटुरोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिबिर सफलतापूर्वक सम्पन्न भएको छ। बर्छ्वा सामुदायिक युवा मञ्चको आयोजनामा सम्पन्न शिबिरबाट १५५ जना गरिब, अपाङ्ग, असहाय, दलित तथा विपन्न समुदायका नागरिकले सेवा लिएका छन्।
मञ्चका अध्यक्ष दिलिप चौधरीका अनुसार विगत १५ वर्षदेखि निरन्तर रूपमा सामाजिक उत्तरदायित्व अन्तर्गत क्लबले समाजसेवाका गतिविधि गर्दै आएको छ। स्वास्थ्य सेवा, खेलकुद प्रवर्द्धन र सांस्कृतिक कार्यक्रममार्फत समुदायको समग्र विकासमा योगदान पुर्याउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिँदै आएको उहाँले बताउनुभयो।
शिबिरको उद्घाटन लहान नगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष श्याम अधिकारी थारुले गर्नुभएको थियो। कार्यक्रम क्लबका अध्यक्ष दिलिप चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो।
क्लबले स्वास्थ्य सेवासँगै खेलकुदमार्फत खेलाडी उत्पादनमा पनि जोड दिँदै आएको छ। विशेषगरी फुटबल खेलको आयोजना, भव्य माघी महोत्सव तथा सामाजिक सेवामूलक शिबिरहरू आयोजना गर्दै आएको क्लबले जानकारी दिएको छ।
यसैक्रममा मञ्चको आयोजनामा माघ १ गते भव्य माघी महोत्सव आयोजना गरिने बताइएको छ। उक्त महोत्सवका प्रमुख अतिथिका रूपमा संघीय सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता सहभागी हुने आयोजकले जनाएको












Discussion about this post