Nepal BBC
Monday, July 27, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जलवायु परिवर्तनको चुनौती सामना गर्न बलान–बिहुलका कृषकलाई उन्नत कृषि तालिम

महेश सिंह by महेश सिंह
२०८२ पुष २९, मंगलवार १७:०६
जलवायु परिवर्तनको चुनौती सामना गर्न बलान–बिहुलका कृषकलाई उन्नत कृषि तालिम

Loading

महेश सिंह लहान सिरहा- सप्तरीको बलान–बिहुल गाउँपालिकामा कृषकको पोषणस्तर सुधार, आयआर्जन वृद्धि तथा जलवायु अनुकूल कृषि अभ्यास प्रवर्द्धन गर्ने उद्देश्यले चारदिने तालिम सम्पन्न भएको छ। पुष १४ गतेदेखि १७ गतेसम्म गाउँपालिकाको कृषि तथा पशुपन्छी शाखाको सभाहलमा सञ्चालन गरिएको तालिममा पालिकाभरिका २७ वटा कृषक समूहका अगुवा कृषकहरूको सहभागिता रहेको थियो।

तालिमको मुख्य उद्देश्य स्थानीय स्तरमा एकीकृत पोषण बगैंचा स्थापना गरी रसायनमुक्त उत्पादन बढाउँदै सिमान्तकृत, भूमिहीन तथा विपन्न समुदायको पोषणस्तरमा सुधार ल्याउनु रहेको आयोजकले जनाएको छ। तालिममा पोषण बगैंचा निर्माण, माटो परीक्षणको महत्व, नर्सरी व्यवस्थापन, सोलाराइजेसनमार्फत माटो शुद्धिकरण, सामूहिक खेतीबाट आयआर्जन बढाउने उपाय, बजार व्यवस्थापन तथा मूल्य शृङ्खला र फार्म–टु–मार्केट अवधारणाबारे सहजीकरण गरिएको थियो।

सागसब्जी र अन्न उत्पादनमा मात्र सीमित नरही प्रशोधित वस्तु तयार गरी बजारीकरण गर्दा थप आम्दानी गर्न सकिने विषयमा पनि कृषकलाई जानकारी दिइएको थियो। रासायनिक मल तथा विषादीको विकल्पका रूपमा एकीकृत शत्रुजीव व्यवस्थापन र जैविक विधिबाट रोग नियन्त्रण गर्ने उपायबारे समेत प्रशिक्षण दिइएको थियो।

जलवायु परिवर्तनले कृषि क्षेत्रमा पार्ने प्रभाव र त्यसको न्यूनीकरणका लागि अपनाउनुपर्ने जलवायु मैत्री कृषि अभ्यास तथा प्रविधिबारे तालिममा विस्तृत छलफल गरिएको थियो। मधेस विश्वविद्यालयका प्रो.डा. जङजित कृतीकर र प्रो.अबिनाश कुमार यादवले पोषण बगैंचामा एकीकृत शत्रुजिब  ब्यवस्थापन गर्ने उपाय, बजार र बजारी करणगर्दा कृषक समुहलाई बढी आम्दानी तथा मुल्य शृङ्खलामा आधारित ज्ञान तथा सिपहरु विषयमा प्रशिक्षण दिएका थिए।

गाउँपालिका अध्यक्ष खेम चन्द्र यादव द्वारा तालिममा सहभागी २७ जना अगुवा कृषकलाई १० प्रकारका तरकारी बीउ तथा कृषि सामग्री वितरण गरिएको थियो। राष्ट्रिय कृषक समूह महासंघ नेपालमार्फत प्रदान गरिएका सामग्रीमा काक्रो, लौका, धिरौला, करेला ,भिण्डी, लट्टे साग, गाजर, प्याजको बीउ, नीम तेल र पहेँलो स्टिकी ट्र्याप समावेश छन्।
तालिम समापनका अवसरमा बलान–बिहुल गाउँपालिकाका प्रमुखले सहभागी कृषकलाई प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघका मधेस प्रदेश सचिव यामुन प्रसाद यादवको समेत उपस्थिति रहेको थियो। साथै,तालीममा उत्कृष्ट प्रशिक्षण गरेको कृषि तथा बजारीकरण  अधिकृत संजय कुमार पंडितलाई  प्रसंसा -पत्र तथा तालीमको ब्यवस्थापन राम्रो गरेको भन्दै राष्ट्रिय कृषक समुह महासंघ नेपालमा बलान बिहुलमा कार्यरत नबिन कुमार तिवारीलाई प्रशंसा-पत्र  पालिकाले प्रदान गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार तालिमबाट सिकाइएका ज्ञान र अभ्यास कार्यान्वयन हुन सके कृषकको उत्पादन, पोषणस्तर र आर्थिक अवस्थामा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ पुष २९, मंगलवार १७:०६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ पुष २९, मंगलवार १७:०६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष २९, मंगलवार १७:०६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष २९, मंगलवार १७:०६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष २९, मंगलवार १७:०६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष २९, मंगलवार १७:०६
Next Post
लहान २२ मा सुगर,पेसर र मुटुरोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

लहान २२ मा सुगर,पेसर र मुटुरोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

लहानमा राष्ट्रसेवक बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

लहानमा राष्ट्रसेवक बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

भगवानपुर गाउँपालिकामा जलवायु अनुकूल कृषि तालिम सम्पन्न, ३१ कृषक समूहका अगुवा सहभागी

भगवानपुर गाउँपालिकामा जलवायु अनुकूल कृषि तालिम सम्पन्न, ३१ कृषक समूहका अगुवा सहभागी

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८२ पुष २९, मंगलवार १७:०६
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८२ पुष २९, मंगलवार १७:०६
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०८२ पुष २९, मंगलवार १७:०६
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८२ पुष २९, मंगलवार १७:०६
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८२ पुष २९, मंगलवार १७:०६
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८२ पुष २९, मंगलवार १७:०६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.