![]()
महेश सिंह लहान सिरहा-लहान नगरपालिका–३ मा सञ्चालनमा रहेको एडभान्स अस्पतालले सुलभ शुल्कमा गुणस्तरीय र प्रभावकारी उपचार सेवा प्रदान गर्दै आएको छ। अस्पतालमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकमार्फत सही निदान र उपचार हुने गरेको सेवाग्राहीहरूले बताएका छन्।
महिला तथा प्रसूति रोग विशेषज्ञ डा. विरेंद्र यादवका अनुसार अस्पतालमा नवजात शिशु, गर्भवती तथा सुत्केरी महिलाका लागि सुरक्षित उपचार र शल्यक्रियामार्फत प्रसूति सेवा उपलब्ध छ। “जटिल प्रसूति अवस्थामा समेत आवश्यक अप्रेसन गरी सुरक्षित रूपमा बच्चा जन्माउने व्यवस्था गरिएको छ,” उनले जानकारी दिए।
एडभान्स अस्पतालले लहान क्षेत्रमा सञ्चालनमा रहेका निजी अस्पतालहरूमध्ये प्रभावकारी उपचारका कारण पहिचान बनाएको अस्पताल प्रशासनको दाबी छ। अत्याधुनिक उपकरण, अनुभवी चिकित्सक र दक्ष स्वास्थ्यकर्मीको टिममार्फत बिरामीलाई समयमै सेवा दिइने गरिएको अस्पतालले जनाएको छ।
सेवाको भावनालाई प्राथमिकता दिँदै अस्पतालले गरिब तथा अतिविपन्न, उपचार खर्च व्यहोर्न असमर्थ समुदायका बिरामीहरूलाई निःशुल्क उपचार सेवा पनि प्रदान गर्दै आएको छ। अहिलेसम्म हजारौँ नागरिकले यस प्रकारको निःशुल्क तथा सहुलियत उपचार सेवा पाएको अस्पताल स्रोतले जानकारी दिएको छ।
अस्पतालमा आपतकालीन सेवासहित चौबीसै घन्टा विशेषज्ञ चिकित्सकहरूको उपलब्धता रहेको छ। यसले स्थानीय नागरिकलाई अन्यत्र जानुपर्ने बाध्यता कम गरेको भन्दै स्वास्थ्य सेवामा एडभान्स अस्पतालको योगदान उल्लेखनीय रहेको स्थानीयवासीको भनाइ छ।














Discussion about this post