Nepal BBC
Thursday, January 8, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

माघी महोत्सवसँगै लहानमा १५ औँ पञ्चशील्ड फुटबल प्रतियोगिता सुरु

महेश सिंह by महेश सिंह
२०८२ पुष २२, मंगलवार ०७:३८
माघी महोत्सवसँगै लहानमा १५ औँ पञ्चशील्ड फुटबल प्रतियोगिता सुरु

Loading

महेश सिंह लहान सिरहा-माघी महोत्सवको अवसर पारेर बर्छवा सामुदायिक युवा मञ्चको आयोजनामा १५ औँ पञ्चशील्ड फुटबल प्रतियोगिता २०८२ सुरु भएको छ। प्रतियोगिता क्लबका अध्यक्ष दिलिप चौधरीको नेतृत्वमा आयोजना गरिएको हो।
खेलकुद समितिका संयोजक मुकेश विश्वकर्माको अध्यक्षतामा सुरु भएको उद्घाटन कार्यक्रममा लहान नगरपालिका–२२ का वडा अध्यक्ष श्याम अधिकारी थारु प्रमुख अतिथिका रूपमा सहभागी रहनु भएको थियो। उद्घाटन गर्दै वडा अध्यक्ष थारुले ग्रामीण स्तरमै रहेका खेल प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्‍याउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले खेललाई अनुशासित र मर्यादित रूपमा सम्पन्न गर्न खेलाडी तथा आयोजकलाई आग्रह गर्नुभयो।
प्रतियोगिताको उद्घाटन खेलमा मलिथम एफसी, गाईघाट (उदयपुर)ले हेडबान एफसी, फतेपुर (सप्तरी)लाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। उक्त खेलमा मलिथम एफसीका जर्सी नम्बर ८ का खेलाडी ‘म्यान अफ द म्याच’ घोषित भएका छन्। उनलाई नगद पुरस्कार र मेडल प्रदान गरिएको सल्लाहकार जयप्रकाश चौधरीले जानकारी दिनुभयो।
आयोजकका अनुसार प्रतियोगितामा सिरहा, सप्तरी, उदयपुर र सुनसरी जिल्लाबाट जम्मा १० वटा टोली सहभागी छन्। खेल हेर्न गाउँ–गाउँबाट ठूलो संख्यामा खेलप्रेमी दर्शकको उपस्थिति रहेको आयोजकले जनाएको छ।
माघी महोत्सव माघ १ र २ गते सञ्चालन हुने र फुटबल प्रतियोगिताको समापन माघ ३ गते हुने क्लब अध्यक्ष दिलिप चौधरीले जानकारी दिनुभयो। माघी महोत्सवका प्रमुख अतिथि संघीय सरकारका खेलकुद मन्त्री बब्लु गुप्ता रहने छन् भने प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरी रहने तय गरिएको आयोजक समितिले जनाएको छ।
प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार ५१ रुपैयाँसहित कप र मेडल तथा दोश्रो पुरस्कार ३५ हजार ५१ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र राखिएको छ। साथै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई नगद पुरस्कार र मेडलको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

राष्ट्रिय सभा निर्वाचन: जसपाबाट मधेश प्रदेशका लागि तीन उम्मेदवार तय

राष्ट्रिय सभा निर्वाचन: जसपाबाट मधेश प्रदेशका लागि तीन उम्मेदवार तय

२०८२ पुष २२, मंगलवार ०७:३८
आगलागीपीडित परिवारलाई जाडोबाट जोगाउन राहत वितरण

नवराजपुरमा एकीकृत जीविकोपार्जन तथा कृषि सुधार परियोजना शुभारम्भ

लहान–३ को एडभान्स अस्पतालमा सस्तो, प्रभावकारी र चौबीसै घन्टा विशेषज्ञ सेवा

बुवाको अभाव,आमाको आँसु र छोराको सपना: मेडिकल कलेजसम्मको यात्रा

मुक्ति नेपाल छ, त्यसैले हामी बाँचेका छौँ’- किशोरीको सशक्त आवाज

Next Post

Discussion about this post

ताजा समाचार

लहानमा साहित्यिक विमर्श तथा काव्य गोष्ठी सम्पन्न

लहान–३ मा जाडोबाट प्रभावित विपन्न समुदायलाई लायन्स कल्ब अफ फुलवारीद्वारा फाईबर सिरक वितरण

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.