![]()
महेश सिंह लहान, सिरहा- सङ्गोर मिथिला नेपाल, लहान–७ सिरहाको आयोजनामा सम्पन्न साहित्यिक विमर्श एवं काव्य गोष्ठी संस्थाका अध्यक्ष हृदय नारायण यादवको अध्यक्षतामा सुरु भएको थियो।
कार्यक्रमका विशिष्ट अतिथि प्राध्यापक तथा साहित्यकार हिरालाल कर्ण रहनु भएको थियो। गोष्ठीमा समाजसेवी राकेश झा, साहित्यकार अर्जुन प्रसाद गुप्ता ‘दार्दिला’, पत्रकार फिरोज शेख, रोइन्टर मण्डल, लालबिहारी यादव तथा साहित्यकार राम मण्डल लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा समसामयिक साहित्य, मिथिला क्षेत्रको भाषा–संस्कृति तथा काव्य सिर्जनाबारे गहन विमर्श गरिएको थियो भने सहभागी कवि तथा साहित्यकारहरूले आफ्ना सिर्जनाहरू वाचन गरेका थिए।
आयोजकका अनुसार यस्ता कार्यक्रमले नयाँ साहित्यिक प्रतिभाको पहिचान र प्रोत्साहन गर्नुका साथै मिथिला साहित्यको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।














Discussion about this post