![]()
महेश सिंह लहान सिरहा – संरक्षण परियोजना (Samrakshyan Project) अन्तर्गत “महिला र किशोरीको लागि अधिकार, समानता र सशक्तिकरण” अभियानअन्तर्गत सिरहाको लहान–१५ हातीदहमा ‘कृषि रूपान्तरणमा ग्रामीण महिला र युवा किसानको योगदान र भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम १८औं अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस र ४५औं अन्तर्राष्ट्रिय खाद्य दिवसको सन्दर्भमा आयोजना गरिएको हो। कार्यक्रममा सहभागी वक्ताहरूले ग्रामीण महिलाहरू र युवाहरूले कृषि उत्पादन, रूपान्तरण तथा बजार व्यवस्थापनमा खेलेको महत्वपूर्ण भूमिकालाई चर्चा गर्दै उनीहरूको योगदानलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिनुपर्नेमा जोड दिए।
अन्तरक्रियामा महिला किसान, युवा समूहका प्रतिनिधि, स्थानीय सरोकारवाला निकायका प्रमुख, कृषक सञ्जालका सदस्य लगायतको सहभागिता थियो। सहभागीहरूले कृषि क्षेत्रमा महिलाको श्रमको उचित मूल्याङ्कन र क्षमता विकासका कार्यक्रम विस्तार गर्नुपर्ने सुझाव दिएका छन्।
उक्त कार्यक्रम CARE नेपाल, Jersey Overseas Aid (JOA) र संरक्षण परियोजनाको सहकार्यमा सम्पन्न गरिएको हो।














Discussion about this post