![]()
महेश सिंह लहान सिरहा –श्री माध्यमिक विद्यालय कचनारीले विद्यार्थीहरूको स्वास्थ्य, अनुशासन र आत्मविश्वास विकासका उद्देश्यका साथ विद्यालयमा दैनिक रूपमा शारीरिक अभ्यास सुरु गरेको छ। विद्यालयका कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरूलाई प्रत्येक विहानीको समयमा शारीरिक व्यायामसँगै मनोरञ्जनात्मक जी.के. प्रश्नोत्तर खेल तथा विभिन्न रमाइला खेलकुद गतिविधिहरू सञ्चालन गरिँदै आएको विद्यालयले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक राम सुफल यादवका अनुसार यस्तो अभ्यासले विद्यार्थीहरूको शारीरिक तन्दुरुस्ती मात्र होइन, मानसिक सन्तुलन र पढाइमा एकाग्रता बढाउन पनि मद्दत गरेको छ। “बच्चाहरू बिहानै व्यायाम र खेलकुदमा सक्रिय हुँदा उनीहरूमा आत्मविश्वास, अनुशासन र सकारात्मक सोचको विकास देखिएको छ,” यादवले बताए।
विद्यालयमा दैनिक शारीरिक अभ्यास र खेलकुद गतिविधि सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने शिक्षक प्रदीप यादव, कपिल झा र राजाराम यादवलाई विद्यालय परिवारले विशेष धन्यवाद व्यक्त गरेको छ।
विद्यालयले यस्ता स्वास्थ्य–मैत्री कार्यक्रमलाई निरन्तरता दिँदै विद्यार्थीहरूलाई सशक्त, अनुशासित र ऊर्जावान् बनाउने अभियान अघि बढाउने जनाएको छ।














Discussion about this post