Nepal BBC
Wednesday, July 29, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सुरुङ्गा प्रमाणपुरमा शिक्षकद्वारा बिदेश पठाउने बहानामा ठगी, दर्जनौँ पीडित

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक १६, आईतवार ०७:५०
सुरुङ्गा प्रमाणपुरमा शिक्षकद्वारा बिदेश पठाउने बहानामा ठगी, दर्जनौँ पीडित

Loading

महेश सिंह सिरहा – सप्तरीको सुरुङ्गा नगरपालिका–९ प्रमाणपुरका स्थानीय शिक्षक श्रावण राममाथि वैदेशिक रोजगारका नाममा गाउँका सोझासिधा नागरिकहरूलाई ठगी गरेको आरोप लागेको छ। जनताको विश्वास जितेर बिदेश पठाउने प्रलोभनमा पारी लाखौँ रुपैयाँ असुली गरिएको पीडितहरूले बताएका छन्।

प्रमाणपुरका राधेश्याम चौधरीले आफ्ना कान्छा छोरा पशुपति चौधरीलाई बिदेश पठाउने क्रममा शिक्षक श्रावण रामलाई रु. २ लाख २५ हजार ६ सय २५ रुपैयाँ बुझाएका थिए। “दुबै पठाइदिन्छु” भन्दै रकम लिएर उनले विदेश पठाए पनि छोरा पशुपति हाल दुबईमा अलपत्र परेका छन्, कुनै काम नपाई तीन महिनादेखि तलबसमेत पाएका छैनन्,” श्रीमती रिता चौधरीले बताइन्।

रिताका श्रीमान् गजेन्द्र चौधरीलाई समेत श्रावण रामले “क्लिनर मार्केट” अर्थात सरसफाइको काम दिने भन्दै बिदेश पठाएका थिए। तर प्रतिवद्धता अनुसारको काम नपाई अलपत्र अवस्थामा रहेका गजेन्द्रको पनि तलब रोकिएको परिवारले जनाएको छ।

त्यस्तै, रामजिवन चौधरीका छोरा सुनिल चौधरीले पनि दुबई पठाउने भन्दै श्रावण रामलाई रु. १ लाख १७ हजार बुझाएका थिए। बिचौलियाको रूपमा काम गर्दै आएका उनले राहदानी संकलन गरी गाउँकै नागरिकहरूलाई वैदेशिक रोजगारका नाममा ठगी गरेको पीडितहरूको आरोप छ।

पीडित पक्षका अनुसार, सुरुङ्गा–४ का देवेंद्र चौधरीको रोहबरमा श्रावण रामले १५ दिनभित्र काम उपलब्ध गराउने र सम्झौता अनुसारको तलब दिने वाचा गरेका थिए। तर वाचा विपरीत कुनै व्यवस्था नगरी सर्वसाधारणको रकम ठगी गरिएको हो।

स्थानीयवासीहरूका अनुसार, सरकारी विद्यालयका शिक्षकको हैसियतमा रहेर श्रावण रामले एजेन्टहरूसँग मिलेमतो गरी गाउँका युवाहरूबाट रकम असुलेका छन्। “शिक्षकजस्तो जिम्मेवार पेशामा रहेर यस्ता कार्य गर्नु निन्दनीय छ, उनले सम्पूर्ण शिक्षक समुदायको बदनाम गरेका छन्,” स्थानीयले बताएका छन्।
ञ
पीडितहरूले शिक्षा शाखा प्रमुख र जिल्ला शिक्षा समन्वयय इकाइलाई तत्काल कारबाहीको माग गरेका छन्। उनीहरूले भनेका छन् — “हामीले दिएको रकम ब्याजसहित फिर्ता गरियोस् र अलपत्र परेका युवाहरूलाई सुरक्षित रूपमा नेपाल फर्काइयोस्।”

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ कार्तिक १६, आईतवार ०७:५०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ कार्तिक १६, आईतवार ०७:५०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ कार्तिक १६, आईतवार ०७:५०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ कार्तिक १६, आईतवार ०७:५०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ कार्तिक १६, आईतवार ०७:५०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ कार्तिक १६, आईतवार ०७:५०
Next Post
सिरहा–२२ मा थारु कल्याणकारी सभाकाे कार्यक्रम, किसानकाे पक्षमा सरकारकाे ध्यानाकर्षण क्षतिपूर्तिको माग

सिरहा–२२ मा थारु कल्याणकारी सभाकाे कार्यक्रम, किसानकाे पक्षमा सरकारकाे ध्यानाकर्षण क्षतिपूर्तिको माग

अध्यक्ष चन्द्रशेखर यादवको नेतृत्वमा लक्ष्मीपुर पतारी–५ मा जेन–जि वडा भेला सम्पन्न

अध्यक्ष चन्द्रशेखर यादवको नेतृत्वमा लक्ष्मीपुर पतारी–५ मा जेन–जि वडा भेला सम्पन्न

गृहजिल्ला सिरहा  लहानमा मन्त्री बब्लु गुप्तालाई सम्मान

गृहजिल्ला सिरहा  लहानमा मन्त्री बब्लु गुप्तालाई सम्मान

Discussion about this post

ताजा समाचार

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८२ कार्तिक १६, आईतवार ०७:५०
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८२ कार्तिक १६, आईतवार ०७:५०
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८२ कार्तिक १६, आईतवार ०७:५०
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०८२ कार्तिक १६, आईतवार ०७:५०
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०८२ कार्तिक १६, आईतवार ०७:५०
युवा नेतृत्व उत्पादनका लागि जेसीआईको बहुच्याप्टर प्रशिक्षण कार्यक्रम

युवा नेतृत्व उत्पादनका लागि जेसीआईको बहुच्याप्टर प्रशिक्षण कार्यक्रम

२०८२ कार्तिक १६, आईतवार ०७:५०
ग्लोबल एस.एस. कलेजद्वारा कक्षा १२  उतिर्ण  विद्यार्थीलाई भव्य बिदाइ

ग्लोबल एस.एस. कलेजद्वारा कक्षा १२  उतिर्ण  विद्यार्थीलाई भव्य बिदाइ

२०८२ कार्तिक १६, आईतवार ०७:५०
सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८२ कार्तिक १६, आईतवार ०७:५०
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८२ कार्तिक १६, आईतवार ०७:५०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.