![]()
महेश सिंह लहान सिरहा – लहान ३ मा अत्याधुनिक ल्याब सुविधा सहितको मनटेश्वरी विद्यालय औपचारिक रूपमा सञ्चालनमा आएको छ। नयाँ शैक्षिक भिजनका साथ प्ले ग्रुपदेखि कक्षा ८ सम्म अध्ययन–अध्यापन गराउने उद्देश्यले स्थापना गरिएको यस विद्यालयले लहानको शिक्षा क्षेत्रमा नयाँ आयाम थपेको छ।
सञ्चालन समितिका अध्यक्ष महेश चौधरीले विद्यालय सञ्चालनमा आएसँगै गुणस्तरीय, व्यवहारिक र बालमैत्री शिक्षामा जोड दिइने जानकारी दिनुभयो। उहाँका अनुसार आधुनिक शिक्षण पद्धति, प्रयोगात्मक सिकाइका लागि ल्याब सुविधा, अनुशासित शैक्षिक वातावरण तथा दक्ष शिक्षक टोली विद्यालयका मुख्य विशेषता हुन्।
विद्यालयका डाइरेक्टर अमन यादवले प्रारम्भिक चरणमा भर्ना शुल्क पूर्ण रूपमा निःशुल्क रहने बताउनुभयो। साथै, टाढाबाट आउने विद्यार्थीका लागि होस्टेल सुविधाको समेत व्यवस्था गरिएको जानकारी दिनुभयो।
विद्यालय सञ्चालनमा आएको सुरुकै दिनदेखि विद्यार्थी भर्नाका लागि अभिभावकको उल्लेख्य भिड देखिएको छ। सुविधा सम्पन्न मनटेश्वरी कक्षा, शान्त र मनोरम वातावरण तथा आधुनिक शैक्षिक संरचनाले अभिभावक र विद्यार्थीलाई आकर्षित गरेको स्थानीयको भनाइ छ।
लहानमा शिक्षा क्षेत्रमा नयाँ शैक्षिक आयाम थपिँदा स्थानीय अभिभावक, विद्यार्थी तथा शिक्षाप्रेमीहरूमा खुशी छाएको छ। गुणस्तरीय शिक्षाको खोजीमा रहेका अभिभावकका लागि मनटेश्वरी विद्यालय एक भरोसायोग्य गन्तव्यका रूपमा उदाउँदै गएको छ।











Discussion about this post