Nepal BBC
Saturday, May 30, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

भगवानपुर गाउँपालिकामा जलवायु अनुकूल कृषि तालिम सम्पन्न, ३१ कृषक समूहका अगुवा सहभागी

महेश सिंह by महेश सिंह
२०८२ माघ १, बिहीबार ०९:५०
भगवानपुर गाउँपालिकामा जलवायु अनुकूल कृषि तालिम सम्पन्न, ३१ कृषक समूहका अगुवा सहभागी

Loading

महेश सिंह लहान – सिरहाको भगवानपुर गाउँपालिकामा कृषकको पोषणस्तर सुधार र आयआर्जन वृद्धि गर्ने उद्देश्यले चारदिने जलवायु अनुकूल कृषि तालिम सम्पन्न भएको छ। पुष २२ गतेदेखि २५ गतेसम्म सञ्चालन गरिएको तालिममा पालिकाभरिका ३१ वटा कृषक समूहका अगुवा कृषकहरूको सहभागिता रहेको कृषि तथा बजारीकरण अधिकृत डिनिता साहले जानकारी दिनुभयो।
तालिमको मुख्य उद्देश्य स्थानीयस्तरमा एकीकृत पोषण बगैंचा स्थापना गर्दै रसायनमुक्त कृषि उत्पादन बढाउनुका साथै सिमान्तकृत तथा विपन्न समुदायको पोषणस्तर सुधार गर्नु रहेको आयोजकले जनाएको छ। जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्दै कृषि उत्पादनलाई दिगो बनाउने विषयमा विशेष जोड दिइएको थियो।
तालिममा पोषण बगैंचा निर्माण, माटो परीक्षण, नर्सरी व्यवस्थापन, जैविक खेती, एकीकृत शत्रुजीव व्यवस्थापन, बजार व्यवस्थापन तथा फार्म–टु–मार्केट अवधारणाबारे सहजीकरण गरिएको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण अधिकृत अस्मिता कुमारी चौधरीले बताउनुभयो।
तालिम उद्घाटन कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले गर्नुभएको थियो भने समापन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष रेखा कुमारी यादव तथा प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साहको उपस्थिति रहेको थियो।
तालिमको सहजीकरण कृषि तथा बजारीकरण अधिकृत डिनिता साह, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण अधिकृत अस्मिता कुमारी चौधरी, स्वास्थ्य चौकी इन्चार्ज शिव कुमार यादव, कृषि शाखा प्रमुख बलमिन्द्र कुमार यादव, पशु शाखा अधिकृत रामसुन्दर दास लगायत प्रशिक्षकहरूले गर्नुभएको थियो। उनीहरूले जलवायु मैत्री कृषि अभ्यास, मूल्य शृङ्खलामार्फत आम्दानी वृद्धि तथा दिगो कृषि प्रणालीबारे प्रशिक्षण दिएका थिए।
तालिममा सहभागी कृषकलाई विभिन्न तरकारीका बीउ तथा कृषि सामग्री वितरण गरिएको थियो। समापन कार्यक्रममा सहभागी अगुवा कृषकलाई प्रमाणपत्र वितरण गरिएको महासंघले जनाएको छ।
तालिमबाट प्राप्त ज्ञान व्यवहारमा उतार्न सके कृषकको उत्पादन र आर्थिक अवस्थामा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ। पालिकाको समन्वय र सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको र आगामी दिनमा यस्ता तालिम निरन्तर आवश्यक रहेको सहभागी कृषकहरूले बताएका छन्। महासंघका मधेस प्रदेश सचिव यामुन प्रसाद यादव, पालिका अध्यक्ष रामचन्द्र यादव तथा कृषि तथा बजारीकरण सहजकर्ता देव नारायण चौधरीले यसबारे जानकारी दिनु भएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८२ माघ १, बिहीबार ०९:५०
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ माघ १, बिहीबार ०९:५०
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८२ माघ १, बिहीबार ०९:५०
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ माघ १, बिहीबार ०९:५०
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ माघ १, बिहीबार ०९:५०
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ माघ १, बिहीबार ०९:५०
Next Post
बसवलपुरमा १४ औँ माघी महोत्सव भव्य रूपमा सम्पन्न

बसवलपुरमा १४ औँ माघी महोत्सव भव्य रूपमा सम्पन्न

लहानमा साना किसान कृषि सहकारीको २१औँ वार्षिक साधारणसभा सम्पन्न

लहानमा साना किसान कृषि सहकारीको २१औँ वार्षिक साधारणसभा सम्पन्न

बर्छवामा छैठौँ थारु माघी महोत्सव भव्य रूपमा सम्पन्न

बर्छवामा छैठौँ थारु माघी महोत्सव भव्य रूपमा सम्पन्न

Discussion about this post

ताजा समाचार

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८२ माघ १, बिहीबार ०९:५०
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ माघ १, बिहीबार ०९:५०
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८२ माघ १, बिहीबार ०९:५०
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ माघ १, बिहीबार ०९:५०
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ माघ १, बिहीबार ०९:५०
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ माघ १, बिहीबार ०९:५०
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ माघ १, बिहीबार ०९:५०
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ माघ १, बिहीबार ०९:५०
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ माघ १, बिहीबार ०९:५०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.