![]()
महेश सिंह लहान सिरहा,-कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लहान शाखामार्फत लहान नगरपालिका–५ का गरिब, दलित तथा अति विपन्न परिवारलाई जाडोयामका लागि फाइबर सिरक वितरण गरेको छ।
बैंकका मधेस प्रदेश प्रमुख श्याम चवाईंले एक कार्यक्रमका बीच स्थानीय बासिन्दालाई सिरक वितरण गरेका हुन्। चिसो बढ्दै गएको समयमा गरिएको यस सहयोगले विपन्न समुदायलाई राहत पुगेको स्थानीयले बताएका छन्।
वितरण कार्यक्रममा बैंकका कर्मचारी, लहान नगरपालिका–५ का वडा अध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्ष तथा स्थानीयको उपस्थिति रहेको थियो। सहभागीहरूले बैंकको यस मानवीय पहलको सराहना गर्दै आभार व्यक्त गरेका छन्।
मधेस प्रदेश प्रमुख चवाईंले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमले समुदायसँग बैंकको सम्बन्ध थप सुदृढ बनाउने बताउँदै आगामी दिनमा पनि सरोकारवालासँगको समन्वय र सहकार्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए। लहान शाखा प्रमुखले पनि सामाजिक क्षेत्रमा बैंकको योगदान स्थानीयका लागि महत्वपूर्ण सहयोग हुने विश्वास व्यक्त गरे।














Discussion about this post