Nepal BBC
Tuesday, April 7, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

रक्त व्यवस्थापनदेखि विपद् उद्धारसम्म : लहान रेडक्रसको वार्षिक समीक्षा र भावी कार्यदिशा तय

महेश सिंह by महेश सिंह
२०८२ पुष १३, आईतवार ०६:२८
रक्त व्यवस्थापनदेखि विपद् उद्धारसम्म : लहान रेडक्रसको वार्षिक समीक्षा र भावी कार्यदिशा तय

Loading

महेश सिंह लहान- नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाको २२औं वार्षिक साधारणसभा शनिबार लहानमा सम्पन्न भएको छ। सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उपशाखाले जिल्लामा निरन्तर २४सै घण्टा रक्तसञ्चार सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ।
उपशाखाका सचिव महेश कुमार महतोले प्रस्तुत गरेको प्रतिवेदनअनुसार वर्षभरि जिल्लाका विभिन्न ४८ स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। मोबाइल टोली तथा स्वयंसेवी रक्तदाताबाट संकलित हजारौं युनिट रगत लहानसहित सिरहा, कर्जन्हा, मिर्चैया, गोलबजारलगायतका अस्पतालमा वितरण गरिएको रक्तसञ्चार सेवा केन्द्रका इन्चार्ज प्रदीप कुमार यादव ‘मनिष’ले बताए।

रेडक्रसले अतिविपन्न परिवारलाई कम्बल वितरण गर्नुका साथै नवराजपुर गाउँपालिकाका ६० जना बिरामी र थ्यालेसेमिया पीडित १५४ बालबालिकालाई निःशुल्क रक्त सेवा दिएको जनाएको छ। स्थानीय सरकारको सहयोगमा सेवा केन्द्रको भवन मर्मत, भान्सा तथा शौचालय निर्माणसमेत सम्पन्न भएको छ।
सभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रगत व्यवस्थापन सफ्टवेयर सञ्चालन, विपद् व्यवस्थापन कार्यक्रम विस्तार, अत्याधुनिक ल्याब स्थापना र रक्त संकलनका लागि भ्यान खरिदलगायतका योजना अघि सारिएका छन्।
सभालाई सम्बोधन गर्दै लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले ‘रक्तदानभन्दा ठूलो दान केही हुँदैन’ भन्दै रक्त संकलनका लागि आवश्यक चार चक्का गाडी खरिदमा नगरपालिकाबाट ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे। उपशाखाका सभापति फुलेश्वर महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री राजलाल यादव, नेपाल रेडक्रस सोसाइटी सिरहा शाखाका उपाध्यक्ष बेच्न प्रसाद यादव, प्रादेशिक अस्पताल लहानका अध्यक्ष राम नारायण मेहता, नेत्र ज्योति संघका चन्देश्वर महतो, समाजसेवी जयकृष्ण यादव तथा नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता, जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका इन्चार्ज सहभागी थिए।

कार्यक्रमको अन्त्यमा रेडक्रसको मानवीय सेवालाई अझ प्रभावकारी बनाउन स्थानीय तह, संघसंस्था र स्वयंसेवकबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८२ पुष १३, आईतवार ०६:२८
लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

गोल्डेन फ्युचर एकेडेमीमा कक्षा १० का विद्यार्थीलाई भव्य बिदाई

ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

Next Post
लहानको एल.आर.एल.ल्याबद्वारा दानवीर मुरारी लाल मुरारकालाई उच्च सम्मान

लायन्स क्लब अफ लहान सिटी र धनगढीमाईका आगलागी पीडितलाई राहत तथा समवेदना

सिरहामा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसाय संघको ८औं अधिवेशन सम्पन्न, नयाँ पदाधिकारी चयन

Discussion about this post

ताजा समाचार

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८२ पुष १३, आईतवार ०६:२८
लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

२०८२ पुष १३, आईतवार ०६:२८
बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

२०८२ पुष १३, आईतवार ०६:२८
जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

२०८२ पुष १३, आईतवार ०६:२८
गोल्डेन फ्युचर एकेडेमीमा कक्षा १० का विद्यार्थीलाई भव्य बिदाई

गोल्डेन फ्युचर एकेडेमीमा कक्षा १० का विद्यार्थीलाई भव्य बिदाई

२०८२ पुष १३, आईतवार ०६:२८
ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

२०८२ पुष १३, आईतवार ०६:२८
ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

२०८२ पुष १३, आईतवार ०६:२८
एसईई २०८२ आजदेखि सुरु, पिडरबानी विद्यालयसहित देशभरका विद्यार्थीलाई शुभकामना

पूर्व विद्यार्थी मञ्चद्वारा कार्यक्रम व्यवस्थापनका लागि मिति र समय निर्धारणमा सुझाव आह्वान

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.