![]()
महेश सिंह सिरहा लहान –मौलापुर नगरपालिकाद्वारा निर्माण गरिएको नयाँ आधारभूत स्वास्थ्य सेवा केन्द्र शुक्रबार एक औपचारिक समारोहका बीच भव्य रूपमा उद्घाटन गरिएको छ। पूर्वमन्त्री प्रभु शाह र मौलापुर नगरपालिकाकी मेयर रीना शाहले संयुक्त रूपमा उद्घाटन गर्दै स्वास्थ्य पूर्वाधार विस्तारलाई स्थानीय विकासको महत्वपूर्ण चरणको रूपमा व्याख्या गरेका छन्।
यो सुविधा सम्पन्न स्वास्थ्य केन्द्रले पिपरिया–७ तथा आसपासका बस्तीहरूलाई नजिकैको भरपर्दो उपचार सुविधा प्रदान गर्नेछ। प्राथमिक स्वास्थ्य सेवा, नियमित जाँच, औषधि सेवा, मातृ–शिशु स्वास्थ्य सेवा लगायतका आधारभूत उपचार अब स्थानीय स्तरमै सहज रूपमा उपलब्ध हुने भएको छ।
उद्घाटन समारोहमा बोल्दै पूर्वमन्त्री शाहले “स्वस्थ नागरिक, समृद्ध समाज” को दृष्टिलाई व्यवहारमा उतार्ने मार्ग यो केन्द्रले खोलेको बताए। त्यस्तै, मेयर रीना शाहले नगरवासीकै स्वास्थ्य सुरक्षा विचार गरेर निर्माण गरिएको यो केन्द्रले जनजीवनमा नयाँ उज्यालो, नयाँ विश्वास र नयाँ सम्भावना थपिएको उल्लेख गरिन्।
स्थानीय बासिन्दा, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सामाजिक अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको उद्घाटन कार्यक्रममा समुदायले यसलाई स्थानीय विकासको महत्वपूर्ण उपलब्धिका रूपमा स्वागत गरेको थियो।नगरपालिकाले स्वास्थ्य सेवामा निरन्तर सुधारका कार्यक्रम अघि बढाइने जनाएको छ।














Discussion about this post