![]()
महेश सिंह लहान – बर्छवा सामुदायिक युवा मञ्चको आयोजनामा विद्यालय स्तरीय हाजिरी–जवाफ प्रतियोगिता–२०८२ शैक्षिक उत्साहका साथ सम्पन्न भएको छ। मिति २०८२ कार्तिक ९ गते, आइतबार आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले आफ्ना ज्ञान, तर्क क्षमता र प्रस्तुति कौशलको उत्कृष्ट प्रदर्शन गरेका थिए।
प्रतियोगिताले विद्यार्थीहरूमा बौद्धिक विकास, प्रतिस्पर्धात्मक भावना र आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकहरूले बताए।
कार्यक्रमका बारेमा जानकारी दिँदै श्री बर्छवा सामुदायिक युवा मञ्चका प्रतिनिधि दिलिप चौधरीले हाजिरी–जवाफजस्ता शैक्षिक गतिविधिहरू विद्यार्थीको भविष्य निर्माणमा प्रभावकारी हुने बताउँदै सहभागिता जनाउने सबै विद्यालय र विद्यार्थीहरूलाई धन्यवाद व्यक्त गरे।
मञ्चले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा आगामी यात्राका लागि शुभकामना दिएको छ।कार्यक्रममा स्थानीय शिक्षक, अभिभावक, युवा तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।




















Discussion about this post