![]()
महेश सिंह लहान – लायन्स क्लब अफ लहान फुलबारीको आयोजनामा तथा स्व. पुष्पा देवी सारडा (लहान–७) र गुप्ता फर्मेसी (लहान–१) को सौजन्यमा रामकुमार सारडा–उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानमा ‘फर्निचर हस्तान्तरण’ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम अन्तर्गत अस्पतालको पुर्जा काट्ने स्थानमा बिरामीहरूको बस्न सहज होस् भन्ने उद्देश्यले ४ थान फलामका बेन्च हस्तान्तरण गरिएको हो। स्वर्गीय पुष्पा देवी सारडाका छोरा मनिष सारडाले बिरामीले अस्पताल सेवामा अनावश्यक सास्ती भोग्न नपरोस् भन्ने सामाजिक भावना लिएर फर्निचर सहयोग गरेको बताए।
लायन्स क्लबको नेतृत्वमा संस्थापक अध्यक्ष राकेश झा, निवर्तमान अध्यक्ष मनिष सारडा, शंकर प्रसाद गुप्तासहितको टोली अस्पताल पुगेर बेन्चहरू हस्तान्तरण गरेको अस्पताल विकास समितिका अध्यक्ष रामनारायण महतोले जानकारी दिए।
यस्तै, अस्पतालमा उपचाररत अपाङ्ग तथा अशक्त बिरामीहरूलाई सहज आवागमन होस् भन्ने उद्देश्यले पद्मोदय फाउन्डेसन, धनगढीमाईले पनि ह्वीलचेयर सहयोग गरेको अस्पताल प्रशासनले जनाएको छ।
स्थानीय सरोकारवाला तथा सेवा–प्रवर्धन संस्थाको सक्रिय भूमिकाले अस्पतालमा सेवाग्राहीमैत्री वातावरण विस्तार हुँदै गएको जनाइएको छ।














Discussion about this post