![]()
महेश सिंह लहान सिरहा-मधेस प्रदेशमा विद्युतीय सवारीप्रतिको मोह तीव्र बढ्दै जाँदा FUTURE कम्पनीको KYC EV गाडी बजारमा सबैभन्दा बढी मन पराइने मोडेलका रूपमा उभिएको छ। सिरहाको लहान–११, पडरिया चौकस्थित Future Motors मा मासिक दर्जनौँ KYC (VC) मोडेलका गाडी विक्री हुने गरेको जानकारी शो–रूमका प्रबन्धक प्रमानन्द साहले दिएका छन्।
उनका अनुसार मधेसका विभिन्न जिल्लाबाट KYC गाडी हेर्न र खरिद गर्न आउने ग्राहकको भीड त्यसै–त्यसै बढ्दै गएको छ। “कम लगानी, बढी कमाइ र न्यून सञ्चालन खर्च भएकाले व्यवसायीक प्रयोजनमा यो EV सबैभन्दा बढी रोजाइमा परेको छ,” प्रबन्धक साहले भने।
गाडीको ब्याट्री, चार्जिङ सुविधा, कम मर्मत खर्च र पेट्रोल–डिजेलको झन्झट नहुने विशेषताले व्यवसायी र सर्वसाधारण दुवै वर्ग आकर्षित भएको बिक्री कर्मचारी तेज नारायण सिंहले बताए। उनका अनुसार काठमाडौँसम्म करिब १ हजार रुपैयाँमै यात्रा गर्न सकिने भएकाले कार्यक्षमता र खर्च दुवै हिसाबले यो मोडेल अत्यन्त लोकप्रिय छ।
सो क्रममा सिरहाको चोहर्वाका दिपेन्द्र महतोले खरिद गरेको ११ सिटे KYC EV को चाबी शो–रूमका प्रतिनिधि प्रमेश्वर चौधरीले हस्तान्तरण गरे। सेवा ग्राही सन्तोष साहले गाडी आरामदायी, कम खर्चिलो र यात्रुका लागि सुरक्षित भएकोले बजारमा यसको माग तीव्र रूपमा बढ्दै गएको बताए।
प्रबन्धक साहका अनुसार “EV बजार विस्तार हुँदै गएको वर्तमान अवस्थामा KYC गाडीको संरचना, लोड क्षमता, दिगोपन र सस्तो सञ्चालन खर्चले यसलाई मधेस प्रदेशकै नम्बर–एक रोजाइ बनाएको छ।”
उनका अनुसार भविष्यमा थप मोडेल र चार्जिङ सुविधा विस्तार गर्दै ग्राहकलाई अझ सुलभ सेवा प्रदान गर्ने योजना रहेको छ।














Discussion about this post