![]()
महेश सिंह लहान –नवराजपुर गाउँपालिकाद्वारा आयोजित तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा शानदार प्रदर्शन गर्दै वडा नं. १ ले पहिलो स्थान हासिल गरेको छ भने वडा नं. ५ उपविजेता बनेको छ।
दुवै टोलीबीच भएको फाइनल खेलमा खेलाडीहरूको जोश, टीमवर्क र खेलप्रतिको समर्पणले दर्शकको मन जितेको थियो। प्रतियोगिताको अन्त्यमा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
विजेता टोलीलाई बधाई दिँदै गाउँपालिकाका अध्यक्षले भने, “युवाहरूको खेलप्रतिको समर्पण र मेहनत प्रशंसनीय छ। खेलले आपसी एकता र स्वस्थ प्रतिस्पर्धाको भावना बढाउँछ।”गाउँपालिकाले स्थानीय स्तरमा खेलकुदको विकास, प्रतिभा पहिचान र युवामा सकारात्मक ऊर्जा प्रवाह गर्ने उद्देश्यले वार्षिक रूपमा अध्यक्ष कप आयोजना गर्दै आएको छ।














Discussion about this post