महेश सिंह लहान –सुरुङ्गा नगरपालिका–२ हर्दियामा शनिबार साँझ भएको एक दुःखद घटनामा दुई बालिकाको मृत्यु भएको छ।
पोखरीमा डुबेर ज्यान गुमाउनेमा ११ वर्षीया आशकी चौधरी र ७ वर्षीया स्वस्तिका चौधरी रहेका छन्। पौडी खेल्ने क्रममा उनीहरू पोखरीमा डुबेका स्थानीय शिवा थारु र चन्द्र कला बछारले जनाए।
अचानक घटेको यस घटनाले सम्पूर्ण गाउँ शोकमा डुबेको छ। मृतक दुवै बालिकाको अन्त्येष्टि स्थानीय स्तरमै सम्पन्न गरिएको परिवारजनले जनाएका छन्।
Discussion about this post