Nepal BBC
Sunday, August 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

अनैतिक सम्बन्धले लियो जनकपुरमा एक महिलाको ज्यान

महेश सिंह by महेश सिंह
२०७९ आश्विन १, शनिबार ०१:५९
अनैतिक सम्बन्धले लियो जनकपुरमा एक महिलाको ज्यान

Loading

धनुषाको यदुकूहामा गत मँगलबार बिहानै बाँसको झाडीमा अर्धनग्न अवस्थामा महिलाको लास भेटाएको घटनामा नयाँ रहस्य खुलेको छ । जेठाजु र बुहारी बीचको अनैतिक सम्बन्ध लुकाउन धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकूहामा एक महिलाको हत्या गरिएको खुलेको छ । जेठाजु बीरेन्द्र दाससहित काका उमेश दास र सालो भरत दास मिलेर बुहारी बबिता मण्डल दासको हत्या गरेको घटना सार्वजनिक भएको हो।

घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार बबिताको मण्डल थरका केटासँग मागी विवाह भएको थियो। विवाहपश्चात श्रीमान् वैदेशिक रोजगारमा गएका थिए। अर्कै केटासँगको सम्बन्धमा गर्भ रहन गएको पाइएको थियो। इलाका प्रहरी कार्यालय यदुकूहाको रोहवरमा समाजका दुवै पक्षका व्यक्तिहरू राखेर बवितालाई अरुणले राख्नुपर्ने दबाबका बीच सामाजिक मान्यताका आधारमा अरुण दाससँग विवाह भएको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसन्धान अधिकारले भने, “विवाह भएको केही दिनमै अरुण दास वैदेशिक रोजगारीका क्रममा विदेश गए। विदेश गएपछि घरमा जेठाजुलाई खाना बनाउने खुवाउने सबै काम बविताले गर्थिन। तर पछि विस्तारै सम्बन्ध विस्तार हुँदै अनैतिक कार्य गरेको अनुसन्धानले देखाएको छ।

जेठाजु बीरेन्द्र साहको आफ्नी श्रीमती भने पारिवारिक कलहका कारण माइतैमा बस्ने गर्थिन।” जेठाजु बीरेन्द्रको श्रीमती घरमा नबस्ने र बुहारी बविताको श्रीमान् अरुण दास वैदेशिक रोजगारीमा गएको हुनाले एउटै घरमा खाना पकाउने खाने लगायतका विषयमा साझा समझदारी भई अनैतिक सम्बन्ध कायम रहन गएको अनुसन्धान देखाएको छ।

बीरेन्द्र दासको भनाइलाई उद्दृत गर्दै प्रहरी अधिकारीले भने,“बीरेन्द्रको भाइ अरुणले श्रीमती राख्न नपरोस् भन्ने मनसायका साथ नै वैदेशिक रोजगारीमा गएका हुन्।” पाँच वर्ष वितिसक्दा पनि नआउनु उनको प्रमुख कारण नै श्रीमती बविता रहेको अनुसन्धानमा देखिएको छ। अरुण वैदेशिक रोजगारीबाट नआउनु उनले श्रीमतीलाई मन नपराउनु हो। भाइ घरमा नआउनु र बदनाम बुहारी घरमा बस्नु जेठाजु बीरेन्द्र दासको स्वयंम अनैतिक सम्बन्ध नपच्नु बविताको हत्याको मुख्य कारण भएको हो।”

प्रहरी अनुसन्धान अधिकृतका अनुसार सोमबार साँझ ५ बजे नै बीरेन्द्र, उमेश र शत्रुधन मिलेर घाँटी थिचि बविताको हत्या गरेका थिए। तर घटनालाई मोडनका लागि साँझ ५ बजे देखि हत्या गरेर शवलाई घरमै लुकाएर राखेको थियो। रात्रिकालीन समयको ११ बजे तीन जना मिलेर बविताको शवलाई बाँसको झाडीको लागेर फ्यालेको अभियुक्तहरूले स्वीकार गरिसकेका छन्।

घटनालाई मोड्न पाँच बजे घाँटी थिचि हत्या गरेर ११ बजे बविताले लगाएका ब्लाउज च्यातेर फालेको र बलत्कारपछि हत्याको आशंका गर्ने बनाएर घटना मोड्न र अनुसन्धान घरभन्दा बाहिर राख्न बाँसघारीमा फालेको अभियुक्तले बयान दिइसकेका छन्।”प्रहरीलाई झुक्याउन अभियुक्तहरूले फोनको प्रयोग नगरी इमोबाट कुराकानी गरेको अनुसन्धान देखिएको छ। उनीहरूले हत्या गर्दा हातमा प्लाष्टिक लगाएर घाँटी थिचेको बयान दिएका छन्।

धनुषाका प्रहरी प्रमुख उपरीक्षक बसन्त रजौरेको कमाण्डमा खटिएको अनुसन्धान टोलीले हत्या घटनाको अभियुक्तलाई ३६ घण्टा नबित्दै पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार घटनालाई मोड्न बविता साँझ ५ बजे मेला हेर्न गएको र राति घर नफर्किएको भनी हल्ला फिजाइएको थियो। प्रहरी उपरीक्षक रजौरेले घटनाको थप अनुसन्धान बाँकी नै रहेकाले धेरै खुलाउन नमिल्ने प्रतिक्रिया दिए। उनले अनुसन्धान पूरा गरी पत्रकार सम्मेलनमार्फत नै जानकारी दिने बताए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ आश्विन १, शनिबार ०१:५९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ आश्विन १, शनिबार ०१:५९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ आश्विन १, शनिबार ०१:५९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ आश्विन १, शनिबार ०१:५९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ आश्विन १, शनिबार ०१:५९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ आश्विन १, शनिबार ०१:५९
Next Post
आज विश्वकर्मा पूजा मनाइँदै

आज विश्वकर्मा पूजा मनाइँदै

प्रेस काउन्सिल नेपालले तीन दर्जन भन्दा बढी पत्रकारलाई पुरस्कृत गर्दै 

प्रेस काउन्सिल नेपालले तीन दर्जन भन्दा बढी पत्रकारलाई पुरस्कृत गर्दै 

सिन्धुपाल्चोकमा कार दुर्घटना दोलखाका २ सहित ४ जना घाइते

सिन्धुपाल्चोकमा कार दुर्घटना दोलखाका २ सहित ४ जना घाइते

Discussion about this post

ताजा समाचार

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०७९ आश्विन १, शनिबार ०१:५९
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०७९ आश्विन १, शनिबार ०१:५९
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०७९ आश्विन १, शनिबार ०१:५९
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०७९ आश्विन १, शनिबार ०१:५९
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०७९ आश्विन १, शनिबार ०१:५९
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०७९ आश्विन १, शनिबार ०१:५९
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०७९ आश्विन १, शनिबार ०१:५९
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०७९ आश्विन १, शनिबार ०१:५९
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०७९ आश्विन १, शनिबार ०१:५९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.