Nepal BBC
Tuesday, June 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

महेश सिंह by महेश सिंह
२०८२ असार २२, आईतवार १६:२४
प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

Loading

महेश सिंह सिंह-  लहान–३ स्थित प्रादेशिक अस्पतालले पछिल्ला दिनमा सेवा गुणस्तरमा सुधार ल्याउँदै सिरहा, सप्तरी र उदयपुर जिल्लाका बासिन्दाको आशाको केन्द्रका रूपमा परिचय बनाएको छ।
विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूको उपलब्धता, सहज सेवा प्रवाह र नागरिकमैत्री व्यवस्थापनका कारण सेवा लिन आएका बिरामीहरू राजधानी काठमाडौँ वा विराटनगरसम्म जानुपर्ने बाध्यताबाट मुक्त भएका छन्।
स्थानीय वडा अध्यक्ष रामदियाल महतोका अनुसार, अस्पतालको सेवा स्तरमा उल्लेखनीय सुधार आएपछि सर्वसाधारणमा उत्साह र सन्तुष्टि बढेको छ। उनका अनुसार, “अब धेरैजसो सेवा यहीँ उपलब्ध भएपछि रेफरको झन्झट हटेको छ।”
सेवा गुणस्तरको प्रभावस्वरूप अहिले अस्पतालमा दैनिक औसत पाँच सय बिरामीले विभिन्न सेवा लिने गरेका छन्। ओपीडी, आकस्मिक सेवा, ल्याब, एक्स–रे, भिडियो एक्स–रे, प्रसूति तथा अप्रेसन सेवा, हाडजोर्नी, बालरोग, सर्जरी, दन्त, हेमोडायलाइसिस लगायतका सेवा नियमित रूपमा सञ्चालनमा छन्।
त्यस्तै, १५ वर्ष मुनिका थाईलेसेमिया पीडित बालबालिकालाई पूर्ण रूपमा निःशुल्क सेवा, इसिजी र रेबीज खोप सेवासमेत प्रवाह भइरहेका छन्।
गरिब, दलित र सीमान्तकृत समुदायका लागि सामाजिक सुरक्षा एकाइमार्फत निःशुल्क उपचार सेवा दिइँदै आएको छ। अस्पतालका कर्मचारी रामलाल महतोका अनुसार, “आर्थिक रूपले कमजोर समुदायको पहुँचका लागि यो अस्पताल एक मात्र विकल्प बनिरहेको छ।”
अस्पताल प्रमुख तथा मेडिकल सुपरीटेन्डेन्ट डा. रञ्जित कुमार झा स्वयं सेवा प्रवाहमा अग्रसर रहँदै बिरामीहरूको उपचारमा खटिने गरेका छन्।
बढ्दो बिरामीको चापका कारण अस्पतालमा श्रोतसाधन र जनशक्तिको अभाव महसुस भइरहेको अस्पताल स्रोतले जनाएको छ। सिटी स्क्यान सेवा अझ प्रभावकारी बनाउन आवश्यक रहेको र यसतर्फ ध्यान दिइएको अस्पताल प्रशासनको भनाइ छ।
प्रादेशिक अस्पतालको गुणस्तरीय सेवाले लहानसहित आसपासका निजी अस्पतालहरूमा बिरामीको चाप कम भएको छ। सरकारी सेवाप्रति आमनागरिकको भरोसा बढ्दै गएको देखिन्छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ असार २२, आईतवार १६:२४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ असार २२, आईतवार १६:२४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ असार २२, आईतवार १६:२४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ असार २२, आईतवार १६:२४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ असार २२, आईतवार १६:२४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ असार २२, आईतवार १६:२४
Next Post
एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

मधेसमा पहिलोपटक स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई सामूहिक दुर्घटना बीमा

मधेसमा पहिलोपटक स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई सामूहिक दुर्घटना बीमा

Discussion about this post

ताजा समाचार

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८२ असार २२, आईतवार १६:२४
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८२ असार २२, आईतवार १६:२४
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८२ असार २२, आईतवार १६:२४
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८२ असार २२, आईतवार १६:२४
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८२ असार २२, आईतवार १६:२४
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८२ असार २२, आईतवार १६:२४
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८२ असार २२, आईतवार १६:२४
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८२ असार २२, आईतवार १६:२४
भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

२०८२ असार २२, आईतवार १६:२४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.