मानव अधिकार प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता
महेश सिंह, लहान –एम्नेस्टी इन्टरनेसनल नेपाल लहान शाखाको चौथो वार्षिक साधारणसभा बुधबार लहानमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा मानव अधिकार संरक्षण र प्रवर्द्धनका विषयमा गहिरो छलफल र समीक्षा गरिएको थियो।
कार्यक्रमका दौरान आगामी कार्यकालका लागि नयाँ कार्यसमिति पनि चयन गरिएको छ। नवगठित समितिमा रिता महतो जिल्ला अध्यक्ष, संजय अग्रवाल उपाध्यक्ष, प्रभा नायक कोषाध्यक्ष, शत्रुधन महतो सचिव र महेश कुमार महतो सदस्य चयन भएका छन्।
साधारण सभामा बोल्दै प्रमुख अतिथि अशोक महतोले मानव अधिकार उल्लंघनका घटनाहरू अझै पनि समाजमा व्यापक रूपमा देखिएको उल्लेख गर्दै, “यी घटनाको अन्त्य गर्न एम्नेस्टी जस्ता संस्थाहरूले अझ सक्रिय भूमिका निर्वाह गर्न जरुरी छ,” भने।
संस्थाले विगत वर्षहरूमा न्याय, स्वतन्त्रता र समानताको पक्षमा आवाज उठाउँदै महत्वपूर्ण भूमिका खेलेको बताउँदै, सभामा सहभागी वक्ताहरूले आगामी दिनमा अझ प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिएका थिए।
मानव अधिकारको संरक्षणमा सधैं अग्रणी रहँदै आएको एम्नेस्टी ईन्टरनेसनल लहान शाखाले स्थानीय तहमा पनि जनचेतना अभिवृद्धि, पीडितलाई सहायता, र दवावमूलक कार्यक्रमहरू संचालन गर्दै आएको छ।
Discussion about this post