Nepal BBC
Tuesday, June 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सामुदायको सहभागितामा हात्तिदह लहान–१५ मा वातावरण संरक्षणको प्रेरक अभियान

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ २३, शुक्रबार १७:१०
सामुदायको सहभागितामा हात्तिदह लहान–१५ मा वातावरण संरक्षणको प्रेरक अभियान

Loading

महेश सिंह लहान- ५२औं विश्व वातावरण दिवसको अवसरमा लहान–१५ स्थित हात्तिदह क्षेत्र जनसहभागिताको प्रेरक उदाहरण बन्यो। “प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण, हाम्रो दायित्व” भन्ने सन्देशलाई आत्मसात गर्दै यहाँ समुदाय, स्थानीय निकाय, र विभिन्न संघसंस्थाहरूको साझा पहलमा वृक्षारोपण तथा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो।

यस अभियानको विशेषता भनेकै विभिन्न तहका सरोकारवालाहरू—विद्यार्थी, सञ्चारकर्मी, कृषक समूह, सामुदायिक वनका प्रतिनिधि, तथा स्थानिय अगुवाहरूको संयुक्त उपस्थिति र सक्रियता हो। कोइरालो खोला नमूना सामुदायिक वन उपभोक्ता समिति, राष्ट्रिय कृषक समूह महासंघ नेपाल, संरक्षण परियोजना र डिभिजन वन कार्यालय लहानको सहकार्यले कार्यक्रमलाई जनस्तरमै प्रभावशाली बनाएको थियो।

कार्यक्रममा फलफूल र औषधिजन्य बिरुवाहरू रोपिँदा उपस्थित समुदायमा संरक्षणप्रतिको भावना बलियो देखिएको थियो। स्थानीय बासिन्दाहरूले पर्यावरणीय सन्तुलनका लागि सानो योगदान पनि दीर्घकालीन असर पार्न सक्ने धारणा राखे।

वडा अध्यक्ष तेज नारायण चौधरीले यस्तो किसिमको अभियानले सामाजिक एकता र दायित्वबोधमा समेत टेवा पुग्ने बताए। उनले भने, “वातावरणको संरक्षण केवल सरकारी निकायको जिम्मा होइन, यो हाम्रै जीवनसँग गाँसिएको विषय हो।”

विद्यार्थीहरूद्वारा प्रस्तुत कविता, चित्रकला र नाटकहरूले कार्यक्रमलाई सिर्जनात्मक आयाम दिएको थियो भने, सञ्चारकर्मी र स्थानीय अगुवाहरूको सक्रिय उपस्थितिले यसलाई जनसरोकारको कार्यक्रम बनाएको थियो।

कार्यक्रमका अध्यक्ष मनोज कुमार कर्णले समुदाय र संस्थाहरूबीचको समन्वयलाई वातावरण संरक्षणको मेरुदण्ड भने। “समुदायले नेतृत्व लिएर यस्तो काम गर्दा त्यो दीर्घकालीन रूपमा प्रभावकारी हुन्छ,” उनले जोड दिए।

कार्यक्रमको अन्त्यमा आयोजकहरूले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा थप क्षेत्रहरूमा वृक्षारोपण र सचेतनामूलक अभियान विस्तार गर्ने प्रतिवद्धता जनाए।

लहान–१५ को हात्तिदह क्षेत्र यस दिन हरियाली अभियानको केन्द्र बनेको मात्र होइन, समुदायले कसरी वातावरणीय संरक्षणमा अग्रसर भूमिका खेल्न सक्छ भन्ने उदाहरणसमेत बनेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ जेष्ठ २३, शुक्रबार १७:१०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ जेष्ठ २३, शुक्रबार १७:१०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ जेष्ठ २३, शुक्रबार १७:१०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ जेष्ठ २३, शुक्रबार १७:१०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ जेष्ठ २३, शुक्रबार १७:१०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ जेष्ठ २३, शुक्रबार १७:१०
Next Post
कपिलवस्तुमा जसपा नेपालको जिल्ला अधिवेशन सुरु

कपिलवस्तुमा जसपा नेपालको जिल्ला अधिवेशन सुरु

वाईसीएलको नयाँ नेतृत्व चयन, सिरहाबाट दुई केन्द्रीय सदस्य चयन

वाईसीएलको नयाँ नेतृत्व चयन, सिरहाबाट दुई केन्द्रीय सदस्य चयन

लहानमा नेकपा एस नगर कमिटीको सपथग्रहणक

लहानमा नेकपा एस नगर कमिटीको सपथग्रहणक

Discussion about this post

ताजा समाचार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८२ जेष्ठ २३, शुक्रबार १७:१०
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८२ जेष्ठ २३, शुक्रबार १७:१०
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८२ जेष्ठ २३, शुक्रबार १७:१०
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८२ जेष्ठ २३, शुक्रबार १७:१०
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८२ जेष्ठ २३, शुक्रबार १७:१०
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८२ जेष्ठ २३, शुक्रबार १७:१०
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८२ जेष्ठ २३, शुक्रबार १७:१०
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८२ जेष्ठ २३, शुक्रबार १७:१०
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८२ जेष्ठ २३, शुक्रबार १७:१०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.