![]()
महेश सिंह सिरहा- सिरहा र धनुषा जोड्ने कमला नदीमाथिको पुल निर्माण १४ वर्षदेखि अधुरो रहँदा स्थानीयवासीको जनजीवन कष्टकर बनेको छ। ‘लाइफ लाइन’ मानिने उक्त पुल समयमै निर्माण नहुँदा दुई जिल्लाको यातायात तथा आर्थिक क्रियाकलापमा गम्भीर असर परेको छ।
सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजीत यादवले आउँदो आर्थिक वर्ष २०८२/८३ को बजेटमा उक्त पुललाई समेट्न माग गर्दै चेतावनी दिएका छन्। यदि माग पूरा नभए जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि पुनः अनशनमा बस्ने घोषणा समेत उनले गरेका छन्।
स्थानीयवासीहरूले पटक–पटक सरकारलाई पुल निर्माण पूरा गर्न आग्रह गरे पनि वेवास्ता भएको गुनासो गर्दै आएका छन्। बजेटमा पुल निर्माण नसमेटिए जनदबाब दिन थप आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।
कमला नदीमा पुल नहुदा दैनिक यात्रा, बजार, अस्पताल, विद्यालय जस्ता आधारभूत सेवाहरूमा पुग्नसमेत समस्या भएको स्थानीय बताउँछन्। यो समस्या दीर्घकालीन समाधानतर्फ सरकार गम्भीर नहुनुमा उनीहरूको गुनासो छ।














Discussion about this post