![]()
महेश सिंह लहान- महिलामा नेतृत्व विकासको क्षमताको अभिवृद्धि गर्ने उद्देश्यसहित धनकुटामा दुईदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
नेवा: सुजनशील महिला समूह, धनकुटा–७ को आयोजनामा जेठ १२ र १३ गते समाज कल्याण संस्थाको सभाहल, हुलाकटोलमा कार्यक्रम सञ्चालन गरिएको हो।
प्रशिक्षणमा स्थानीय तहका करिब दुई दर्जन महिलाहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। उनीहरूलाई नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, सार्वजनिक मंचमा प्रभावकारी अभिव्यक्तिका कला, तथा महिला अधिकारसम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो।
धनकुटा नगरपालिका–७ नम्बर वडा कार्यालयको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय प्रशिक्षकहरूले व्यावहारिक अभ्याससहित सत्र सञ्चालन गरेका थिए।
कार्यक्रममा सहभागी महिलाहरूले यस्ता तालिमले उनीहरूलाई घर, समाज र सार्वजनिक निकायहरूमा आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रमको समापनमा सहभागीहरूमध्ये उत्कृष्ट प्रस्तुति दिने केही महिलालाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो। आयोजक संस्थाका संयोजकले आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई अझ व्यापक बनाउने तयारी भइरहेको जानकारी दिएका छन्।














Discussion about this post